विश्वासको संकटले एकपछि अर्को पार्टीमा सामूहिक नेतृत्व विश्वासको संकटले एकपछि अर्को पार्टीमा सामूहिक नेतृत्व
काठमाडौं- पञ्चायत पृष्ठभूमिको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ०७० साल जेठमा चक्रीय प्रणालीमा नेतृत्व गर्ने गरी सूर्यबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय जनशक्ति पार्टी र पशुपति शमशेर... विश्वासको संकटले एकपछि अर्को पार्टीमा सामूहिक नेतृत्व

काठमाडौं- पञ्चायत पृष्ठभूमिको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ०७० साल जेठमा चक्रीय प्रणालीमा नेतृत्व गर्ने गरी सूर्यबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय जनशक्ति पार्टी र पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बीच एकता भयो।

सहमतिबाटै पालैपालो नेतृत्व गर्ने गरी सूर्यबहादुर थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई दिएर पार्टीको एकीकृत महाधिवेशनबाट नेतृत्व टुंगो लगाउने सहमति भयो। तर, एकता भएको दुई वर्ष बित्न नपाउँदै थापाको निधन भयो भने राणाले पालो नपाउँदै

पार्टी दुई चिरामा विभाजित भयो। त्यसपछि लोहनी र लोकेन्द्रबहादुर चन्दले मिलेर ०७२ चैतमा एकीकृत राप्रपा(राष्ट्रवादी) नाममा अलग पार्टी बनाए भने राणाले ०७४ साउन राप्रपा (प्रजातान्त्रिक) गठन गरे।

प्रतिनिधिसभा २०७४ को निर्वाचनमा नराम्रोसँग हार व्यहोरेपछि ०७५ माघमा लोहनी र राणाले एकता गरी राप्रपा(संयूक्त) गठन गरे।

राणा र लोहनीले एकता गरेको वर्ष दिनभित्रै कमल थापा नेतृत्वको राप्रपासँग पनि एकता गर्ने सहमति शनिबार राती १० बजे भएको छ। आलोपालो पार्टीको नेतृत्व गर्ने गरी थापा, राणा र लोहनीवीच सहमति भएको छ।

१५ जेठ ०४७ सालमा राप्रपा पार्टी गठन भएको २९ वर्षको अवधिमा ५ पटक विभाजन र ४ पटक एकता भएको छ। पछिल्लो पटक २८ गते मात्र यी दुई पार्टीबीच औपचारिक रूपमा पार्टी एकताको घोषणा हुने समेत सहमति भएको छ। लामो रस्साकस्सीबीच पछिल्लो समय एक भएको राप्रपा सामूहिक नेतृत्वको प्रणालीमा गए पनि सहज रुपमा पार्टीका क्रियाकलाप अघि बढ्ने संभावन कम छ।

सामूहिक नेतृत्वको अभ्यास गर्ने राप्रपा मात्रै होइन, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालले सामूहिक नेतृत्वको अभ्यास गर्दै आएका छन्।

यसरी संयुक्त नेतृत्व गर्ने अभ्यासमा पार्टीहरूले सहजता भन्दा धेरै जटिलता र झन्झट व्यहोर्दै आएका छन्। पार्टी एकता भएको २४ घन्टा पनि बित्न नपाउँदै राप्रपा अध्यक्ष कमल थापाले पार्टी एकता गर्दा केही अव्यवहारिक जस्तो लाग्ने समझदारी गर्नु परे पनि एकता महाधिवेसनबाट निर्वाचित अध्यक्षको हैसियतले आफ्नै कार्यकालमा पार्टीलाई एकताबद्ध गर्न सकेकोमा सन्तुष्ट र खुसी भएको ट्विटरमा उल्लेख गरेका छन्। nepallive.com