कोरोना भाइरसविरुद्ध मातृभाग्यको सचेतना अभियान कोरोना भाइरसविरुद्ध मातृभाग्यको सचेतना अभियान
बिर्तामोड–मातृभाग्य बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्ध सचेतना अभियान सुरु गरेको छ । संस्थाले आइतवारदेखि सार्वजनिकरुपमा सचेतना अभियान थालेको हो । आइतवार बिर्तामोडको... कोरोना भाइरसविरुद्ध मातृभाग्यको सचेतना अभियान

बिर्तामोड–मातृभाग्य बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्ध सचेतना अभियान सुरु गरेको छ । संस्थाले आइतवारदेखि सार्वजनिकरुपमा सचेतना अभियान थालेको हो । आइतवार बिर्तामोडको दुर्गा मन्दिर परिसरमा संक्षिप्त कार्यक्रमको आयोजना गरी सहकारी संस्थाले मास्क वितरण गरेको छ ।

सहकारीका सदस्य, सङ्घसंस्थाका प्रतिनिधि र यात्रुलाई मास्क वितरण गरिएको संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालले बताए । ‘प्रतिकात्मकरुपमा सानै भए पनि कार्यक्रम आयोजना गरेका हौँ, अध्यक्ष दाहालले भने । उनले आफ्ना सबै सदस्यलाई सचेत गर्दै मास्क वितरण गर्ने जानकारी दिए ।

बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महताराको प्रमुख आतिथ्यमा सहकारीले मास्क वितरण गरेको हो । कार्यक्रममा बोल्दै उपप्रमुख महताराले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने बताइन् । ‘अहिलेका लागि भीडभाडबाट जोगिनु र सरसफाईमा ध्यान दिनुनै उत्तम विकल्प हो’, कार्यक्रममा उनले भनिन्, ‘हात नियमित धुने बानीको विकास भयो भने पनि यसबाट बच्न सकिन्छ ।’ सङ्क्रमण फैलिए महामारीको रुप लिने भन्दै त्यसलाई अहिलेको अवस्थामा देशले धान्न नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुको विकल्प नभएको महतारा बताउँछिन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी मुकुन्द रिजालले भीडभाड हुने खालका कार्यक्रम रोकिनुपर्ने भन्दै होलि मनाउने शैली पनि फेर्नु यसपटकका लागि उचित हुने बताए । वडा नम्बर ४ का अध्यक्ष कुलप्रसाद सङ्ग्रौलालेमास्क लुकाएर धेरै कमाउने सपना नदेख्न व्यवसायीलाई चेतावनी दिए । ‘सबै मिलेर लड्ने बेला हो यो’, उनले भने, ‘अभाव सिर्जना गर्नेविरुद्ध राज्य कठोर हुन्छ ।’ वडा नम्वर ५ का अध्यक्ष राजेन्द्र लिङदेनले रोकथामका लागि समुदाय सचेत हुनु पर्ने बताए । अञ्जली हस्पिटलका डा. सतिस साहले भीडभाडबाट जोगिन र नियमित मास्कको प्रयोग गर्न सुझाव दिए । कार्यक्रमको सञ्चालन नैनकला भट्टराईले गरेकी थिइन् ।