‘तपाईसँग त मास्क रहेछ, मैले किन्न खोजेको कतैँ भेटिन’ ‘तपाईसँग त मास्क रहेछ, मैले किन्न खोजेको कतैँ भेटिन’
कोरोना भाइरसको सङ्क्रमणका कारण नेकपाको कार्यक्रम स्थगित भएको विषयमा मङ्गलवार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा नेकपाको प्रदेशस्तरीय कार्यकर्ता भेला र... ‘तपाईसँग त मास्क रहेछ, मैले किन्न खोजेको कतैँ भेटिन’

कोरोना भाइरसको सङ्क्रमणका कारण नेकपाको कार्यक्रम स्थगित भएको विषयमा मङ्गलवार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा नेकपाको प्रदेशस्तरीय कार्यकर्ता भेला र सुखानीका सहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा स्थगित गरिएको विषयमा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रष्ट पारिरहेका थिए । उनले हिँडडुल गर्दा र भीडभाडमा जाँदा मास्क लगाउनुपर्ने भन्दै कोटको गोजीबाट मास्क निकाले अनि लाउन खोजे । छेवैमा रहेका नेकपाका प्रदेश इन्चार्ज भीम आचार्यले भनिहाले, ‘तपाईसँग त रहेछ, मैले पनि अस्तिदेखि किन्न खोजेको कतैँ भेटिन मास्क छैन भन्छन् ।’

दुई नेता बीचको संवाद सामान्य लागे पनि अहिले बजारमा मास्कको अभाव छ । व्यवसायीले मास्क नभएको भन्दै सर्वसाधारणलाई फर्काइरहेका छन् । कतिपयले औषधि व्यवसायीले बजारमा कृत्रिम अभाव सिर्जना गरेर थप नाफा असुल्न खोजेको बताइरहेका छन् । चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको चर्चापछि नेपालमा मास्क अभाव भएको हो । नेपालले बजारमा भएका मास्क खरिद गरेर चीनका लागि भन्दै सहयोग पठाएको थियो ।

बजारमा ‘एन नाइण्टी फाइभ’ मास्क अभाव छ । ‘एन नाइण्टी फाइभ’ मास्कलाई विशेषगरी भाइरस प्रतिरोधी मास्क भनिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले प्रमाणित गरेको यस्तो मास्कलाई नेपाली बजारमा साढे तीनदेखि चारसय रुपैयाँसम्म पर्छ । मास्कमा फिल्टर जडान गरिएको हुन्छ, जुन फेर्न पनि मिल्छ । त्यसैगरी सामान्य ‘एन नाइण्टी फाइभ’ मास्क पनि पाइन्छ, जुन प्रयोग गरेपछि फ्याँक्नुपर्छ । यसको मूल्य नेपाली बजारमा ९० रुपैयाँ छ ।

डब्लूएचओले सामान्य सर्जिकल मास्क भन्दा ‘एन नाइण्टी फाइभ’ मास्क सुरक्षित र भाइरसप्रतिरोधी हुन्छ भनेको छ । वेभमेडले लेखेको छ, ‘भाइरस लागेका बिरामी उपचार गर्ने चिकित्सकहरुको लागि ‘एन नाइण्टी फाइभ मास्क’ उपयुक्त हो ।