यसकारण स्थगित भयो नेकपाको भेला र श्रद्धाञ्जलि सभा यसकारण स्थगित भयो नेकपाको भेला र श्रद्धाञ्जलि सभा
बिर्तामोड– नेकपाले भीडभाड हुने सबै प्रकारका कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण बढ्दै जाँदा नेपाल पनि उच्च जोखिममा परेको... यसकारण स्थगित भयो नेकपाको भेला र श्रद्धाञ्जलि सभा

बिर्तामोड– नेकपाले भीडभाड हुने सबै प्रकारका कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण बढ्दै जाँदा नेपाल पनि उच्च जोखिममा परेको भन्दै नेकपाले आफ्ना पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेको जनाएको हो । मंगलवार बिर्तामोडमा नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गरिएको थियो ।

नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल लगायतको सहभागितामा हुने प्रशिक्षण कार्यक्रमका लागि प्रदेशका सयौँ नेता कार्यकर्ता झापा आइपुगेका थिए । कतिपय कार्यकर्ता बाटैमा थिए । बुधवार सुखानीका सहीदको स्मृतिमा झापा इलामको सीमावर्ती सुखानीमा समेत श्रद्धाञ्जलि सभाको आयोजना गरिएको थियो । प्रचण्ड र झलनाथ खनालसहितका नेताले सम्वोधन गर्ने श्रद्धाञ्जलिसभा पनि स्थगित भएको नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले बताए ।

मंगलवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी नेकपाले भीडभाड हुने सबै प्रकारका कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा वरिष्ठ नेता खनालले बढ्दो जोखिमबाट बच्नु अहिलेको लागि एकमात्र विकल्प भएकाले सरकारको आग्रह अनुसार पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको बताए । स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले यसअघि भीडभाडमा नजान नागरिकलाई आग्रह गर्दै आवश्यक सावधानी र सतर्कतामा जोड दिँदै आएको थियो ।

नेकपाका प्रदेश इन्चार्ज भीम आचार्यले स्वास्थ्यकर्मीको निर्देशन र सल्लाह अनुसार सुरक्षात्मक उपाय अपनाउन आग्रह गर्दै कोरोना भाइरसको सङक्रमणबाट बच्न सर्वसाधारणमा जनचेतना फैलाउन अगुवा पार्टी कार्यकर्ताको सक्रियता आवश्यक रहेको बताए । उनले सोही अनुसार परिचालित हुन पनि कार्यकर्तालाई निर्देशन दिएका छन् । कार्यक्रम अकस्मात स्थगित गर्नु परेकोप्रति नेकपा प्रदेश कमिटीले क्षमा याचना पनि गरेको छ ।