धर्मेन्द्र मामा श्रीलङ्कामा शिक्षक प्रशिक्षकको सम्मेलनमा छनोट धर्मेन्द्र मामा श्रीलङ्कामा शिक्षक प्रशिक्षकको सम्मेलनमा छनोट
बिर्तामोड–झापाको बिर्तामोड–९ गरामनीको दुर्गा माध्यामिक विद्यालयका शिक्षक धर्मेन्द्र भट्टराई ‘मामा’ श्रीलङ्कामा हुने एशियाली शिक्षक प्रशिक्षकहरुको सम्मेलनमा सहभागी हुने भएका छन् । मार्च महिनाको ५... धर्मेन्द्र मामा श्रीलङ्कामा शिक्षक प्रशिक्षकको सम्मेलनमा छनोट

बिर्तामोड–झापाको बिर्तामोड–९ गरामनीको दुर्गा माध्यामिक विद्यालयका शिक्षक धर्मेन्द्र भट्टराई ‘मामा’ श्रीलङ्कामा हुने एशियाली शिक्षक प्रशिक्षकहरुको सम्मेलनमा सहभागी हुने भएका छन् । मार्च महिनाको ५ र ६ तारिखमा श्रीलङ्काको थुलरियामा हुने सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै भट्टराई जाने भएका हुन् ।

सम्मेलनमा भट्टराईले नब्बे मिनेटको कार्यशाला समेत प्रस्तुत गर्ने कार्यक्रम रहेकोे छ । ब्रिटिस काउन्सिलद्वारा आयोजना गरिएको सम्मेलनमा करिव ५०० प्रशिक्षक सहभागी हुने जनाइएको छ। सम्मेलनका लागि भट्टराई ग्लोबल प्रतिस्पर्धाबाट छनौट भएका हुन्।

लामो समयदेखि शिक्षक तालिम प्रशिक्षकका रुपमा नेपालका विभिन्न ठाउँमा काम गर्दै आएका भट्टराई हाल ब्रिटिस काउन्सिल नेपालको राष्ट्रिय प्रशिक्षक रहेका छन् । भट्टराई अङ्ग्रेजी शिक्षक हरुको संस्था नेल्टा झापाका अध्यक्ष हुन् ।