मेचीनगरका सरकारी विद्यालयलाई प्रविधिमा सघाउने घोषणा मेचीनगरका सरकारी विद्यालयलाई प्रविधिमा सघाउने घोषणा
मेचीनगर– मेचीनगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि बेलायतको गोर्खा मेमोरियल फन्डले सघाउने भएको छ । फण्डले बुधवार काँकडभिट्टामा पत्रकार सम्मेलन गरी शैक्षिक सहायताको... मेचीनगरका सरकारी विद्यालयलाई प्रविधिमा सघाउने घोषणा

मेचीनगर– मेचीनगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि बेलायतको गोर्खा मेमोरियल फन्डले सघाउने भएको छ । फण्डले बुधवार काँकडभिट्टामा पत्रकार सम्मेलन गरी शैक्षिक सहायताको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै फण्डका अध्यक्ष धनकिरण गुरुङले मेचीनगरका सबै सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने बताए ।

‘मेचीनगरका प्राथमिक तहभन्दा माथिका सबै सामुदायिक विद्यालयलाई स्मार्ट बनाउन फन्डले लगानी गर्छ’, उनले भने, ‘मेचीनगरलाई सूचना प्रविधि शिक्षाका लागि देशकै नमुना बनाउने योजना बनाएका छौँ ।’ सन् २०२२ देखि स्मार्ट एजुकेसनका लागि फन्डले सहयोग सुरु गर्ने तयारी गरेको उनले जानकारी दिए ।

बेलायतको फोक्सटन सिटीका पूर्व काउन्सिलर गुरुङको पहल र अग्रसरतामा गतसाता फोक्सटनसँग मेचीनगर नगरपालिकाको मितेरी सम्बन्ध कायम गरेको थियो । मेचीनगरको विकासमा सहयोग गर्दै आएको बेलायतको दातृ संस्था गोर्खा मेमोरियल फन्डले काँकडभिट्टामा माध्यमिक विद्यालयलाई कम्प्युटर शिक्षाका लागि नमुना बनाउन कम्प्युटर ल्याव स्थापना गरिदिएको छ ।

मेचीनगर घर भएका बेलायती नागरिक गुरुङ बेलायती सेनाको जागिरबाट निवृत्त भएपछि उतैको राजनीतिमा सक्रिय छन् । गत महिना मेचीनगर आएका उनी विहीवार बेलायती फिर्तीका लागि प्रस्थान गर्दैछन् ।