इष्ट होराइजनलाई एभरेस्ट कपको उपाधि इष्ट होराइजनलाई एभरेस्ट कपको उपाधि
 झापाको बुट्टावारीमा सञ्चालित तेस्रो एभरेस्ट कप अन्तरविद्यालय फूटवल प्रतियोगिताको उपाधि इष्ट होराइजन धुलावारीले जितेको छ । बिर्तामोडको लिटल फ्लावर्सलाई २–१ गोल अन्तरले पछार्दै होराइजनले... इष्ट होराइजनलाई एभरेस्ट कपको उपाधि

 झापाको बुट्टावारीमा सञ्चालित तेस्रो एभरेस्ट कप अन्तरविद्यालय फूटवल प्रतियोगिताको उपाधि इष्ट होराइजन धुलावारीले जितेको छ । बिर्तामोडको लिटल फ्लावर्सलाई २–१ गोल अन्तरले पछार्दै होराइजनले उपाधि रक्षा गरेको हो । एभरेस्ट स्मार्ट एजुकेशन एकाडेमीले सञ्चालन गरेको प्रतियोगितामा लिटलका तर्फबाट खेलको ३२ औँ मिनेटमा देवर्षि राईले पहिलो गोल गरेका थिए ।

लिटलको गोलपछि दवावमा परेको होराइजनले खेलको ४५ औँ मिनेटमा पहिलो गोल गर्दै खेललाई बरावरीमा ल्याएको थियो । होराइजनका अरुण मेचेले पहिलो गोल गर्दै टीमलाई प्रतिस्पर्धामा ल्याएका हुन् । खेलको ५२ औँ मिनेटमा होराइजनका अविनाश चौधरीले गरेको गोल नै जीतका लागि निर्णायक भयो ।

अन्तरविद्यालय सम्वन्धको विकासका लागि फागुन ६ गतेदेखि सञ्चालित प्रतियोगितामा झापाका १८ वटा विद्यालयले सहभागिता जनाएको न्युटन एजुकेशन एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुमागाईले जानकारी दिए । प्रतियोगिता समापनका अवसरमा विजेता तथा उपविजेता खेलाडीलाई ट्रफीसहित पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा लिटलका रुपकराज दाहाल वेस्ट गोलकिपर भएका छन् । लिटलका सोहित श्रेष्ठ वेस्ट डिफेन्स घोषित भए । होराइजनका अरुण श्रेष्ठ र निरज कार्की क्रमश ः वेस्ट मिडफिल्डर र वेस्ट फरवार्ड भएका छन् । प्रतियोगितामा सबै भन्दाबढी गोल गर्ने होराइजनका अविनाश चौधरीले गोल्डेन बुट प्राप्त गरे । उनले प्रतियोगिता अवधिभर चार गोल गरेका छन् । राइजिङ स्टारका रुपमा न्युटन्सका उज्वल राई पुरस्कृत भए । होराइजनले वेस्ट कोच र म्यानेजरको पुरस्कार पनि पाएको छ ।

विजेता खेलाडी तथा प्रशिक्षकलाई झापा जिल्ला फुटवल संघका अध्यक्ष भगिरथ आलेले पुरस्कार वितरण गरेका छन् । कार्यक्रममा एभरेस्ट स्मार्ट एजुकेशन एकाडेमीका म्यानेजिङ डाइरेक्टर आशिष प्रसाईले सहभागी सबै विद्यालय र प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने खेल प्राविधिक तथा शुभेच्छुकलाई धन्यवाद दिएका छन् ।