सिम्रिक सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना सिम्रिक सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
विर्तामोड:  झापाको अग्रणी सहकारी संस्था सिम्रिक वचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रबार झापाको गरामनीमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।... सिम्रिक सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

विर्तामोड:  झापाको अग्रणी सहकारी संस्था सिम्रिक वचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रबार झापाको गरामनीमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

सिम्रिकले नोवेल अस्पताल बिराटनगरको प्राबिधिक सहयोगमा बिर्तामोड–८ गरामनी बजारको लालीगुराँस इङलिश स्कूल परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

एक समारोहका बीच प्रदेशसभा सदस्य एकराज कार्कीले शिविरको उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतको अध्यक्षतामा भएको स्वास्थ्य शिविर उद्घाटन समारोहका प्मुख अतिथि प्रदेशसभा सदस्य कार्कीले झापाका सहकारीहरुले सामाजिक सेवा कार्यमा उल्लेख्य योगलान पुर्याएको चचाृ गर्दै सिम्रिकले सामाजिक क्षेत्रमा निरन्तर पुर्याउँदै आएको योगदानको प्रशंसा गरे ।

संस्थाका सचिव सुवास भट्टराईले सञ्चालन गरेको उद्घाटन समारोहमा वडा नं ६ का कार्यवाहक अध्यक्ष दीपक भट्टराई, नोवेल अस्पतालका मार्केटिङ अफिसर भगत शाहाले पनि सिम्रिक सहकारीको प्रशंसा गरेका थिए । कार्यक्रममा  संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले स्वागत

गरेका थिए । विहान ११ बजे चेकजाँच शुरु भएको शिविरमा सेवा लिन टाढा–टाबाट विहानैदेखि विरामीहरुको भीड लागेको संस्थाका विभागीय प्रमुख विजय वस्नेतले जानकारी दिए ।

शिविरमा मुटु रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा सनायु रोग, स्तन तथा पाठेघरमा हुने क्यान्सर जाँच, स्त्री रोगका साथै आँखा तथा दाँतकासमेत १४ जना विशेषज्ञ चिकित्सकहरुद्वारा चेकजाँच गरिने शिविरमा औषधिसमेत निःशुल्क वितरण गरिनेछ भने प्याथोलोजी

ल्याब सेवा पनि उपलब्ध रहेको शिविरका संयोजक सूर्यकुमार रिमालले जानकारी दिए । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ८ का कार्यबाहक वडाध्यक्ष दिपक भट्टराई, आँखा रोग बिशेषज्ञ कुमोद झा, प्रदेश सांसद एकराज कार्की लगायतले शुभकामना मनतब्य राखेका थिए ।

 कार्यक्रममा लालीगुरांस बोर्डिङ स्कुलका फाउण्डर, गोमा कटुवाल, र प्रिन्सीपल उदय कटुवाको पनि बिशेष आतिथ्यता रहेको थियो ।