एमसीसी कार्यदलको म्याद १० दिन थप एमसीसी कार्यदलको म्याद १० दिन थप

एमसीसी कार्यदलको म्याद १० दिन थप





राजनीति १ फाल्गुन २०७६, बिहीबार २२:१२

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्बन्धी अध्ययन गर्न गठित कार्यदलको म्याद दिन थप गरेको छ । माघ १५ देखि १९... एमसीसी कार्यदलको म्याद १० दिन थप

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्बन्धी अध्ययन गर्न गठित कार्यदलको म्याद दिन थप गरेको छ । माघ १५ देखि १९ गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटी बैठकले अमेरिकी सहायतासम्बन्धी प्रस्ताव एमसीसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा कार्यदल गठन गरेको थियो ।

कार्यदलको म्याद १० दिन दिइएको थियो । तर, प्रतिवेदन तयार पार्न नभ्याइएकाले १० दिन म्याद थप गरिएको खनालले जानकारी दिए । खनालले बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर म्याद थपको प्रस्ताव गरेका थिए । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पनि प्रतिवेदन तयार पार्न समय अपुग भएको जानकारी दिए । कार्यदलमा ज्ञवालीका अतिरिक्त भीम रावल पनि सदस्य छन् । केन्द्रीय कमिटी बैठकमा एमसीसी प्रस्तावबारे सदस्यहरूको मत बाझिएपछि सर्वसम्मत रूपमा अध्ययन, सुझाव कार्यदल गठन गरिएको थियो ।