कर नतिर्नेले झापामा तिरे ४४ करोड कर नतिर्नेले झापामा तिरे ४४ करोड
भद्रपुर– आन्तरिक राजस्व कार्यालय भद्रपुरले लक्ष्य भन्दा एक करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक बर्षको सात महिनामा एक अर्ब ८७... कर नतिर्नेले झापामा तिरे ४४ करोड

भद्रपुर– आन्तरिक राजस्व कार्यालय भद्रपुरले लक्ष्य भन्दा एक करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक बर्षको सात महिनामा एक अर्ब ८७ करोड राजस्व संकलन गरेको हो । कार्यालयले चालु आर्थिक बर्ष २०७६÷७७ को माघ महिनासम्ममा एक अर्ब ८६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयले पुराना कर नबुझाएका करदाताबाट यो अवधिमा ४४ करोड उठाउन सफल भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले बताए । चालु आर्थिक बर्षको असार मसान्तसम्ममा ३ अर्ब ६६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले सात महिनाको अवधिमा आयकरतर्फ ७७ करोड, मूल्य अभिवृद्धि करतर्फ ८७ करोड र अन्तशुल्कतर्फबाट २४ करोड राजस्व संकलन गरेको छ ।

उनका अनुसार झापा, इलाम, पाँचथर र ताप्लेजुङमा ८० हजार बढी व्यवसायिक करदाता रहेका छन् । समयमै मूल्य अभिबृद्धि र आम्दानी कर नबुझाएका निर्माण कम्पनी, उद्योगी व्यवसायीहरुलाई पत्राचार गरेर कर बुझाउन अनुरोध गरिरहेको उनले बताए । गत आर्थिक बर्षमा कार्यालयले दुई अर्व ६२ करोड २५ लाख २६ हजार राजस्व संकलन गरेको थियो ।