सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको सचेतना कार्यक्रम सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको सचेतना कार्यक्रम
बिर्तामोड– बिर्तामोडस्थित सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले बिर्तामोड–३ स्थित फनमिन इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ६ देखि १० सम्मका १२५ जना विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन नियन्त्रण... सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको सचेतना कार्यक्रम

बिर्तामोड– बिर्तामोडस्थित सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले बिर्तामोड–३ स्थित फनमिन इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ६ देखि १० सम्मका १२५ जना विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन नियन्त्रण तथा साइबर क्राइम सम्बन्धि जनचेतनामूलक प्रशिक्षण दिएको छ । सेवा केन्द्रका अध्यक्ष उत्तम खनालको अध्यक्षता र इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा लागुऔषध दुव्र्यसन, कुलत तथा सामाजिक विकृति विसङगति र अपराधको रुपमा समाजमा फैलिरहेको साइबर अपराधका बिषयमा विद्यार्थी माझ जनचेतनामूलक प्रशिक्षण प्रदान गरिएको थियो । प्रमुख अतिथि प्रनाउ रिजालले साइबर अपराध कानुनी रुपमा हुने कसुर र सजाय समेतका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

प्रनाउ रिजालले लागुऔषध दुव्र्यसन सम्बन्धी जनचेतनामूलक लघु नाटक श्रब्य दृश्यमा समेत प्रस्तुत गर्नु भयो । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष तथा लागुऔषधविरुद्धको अभियानका अभियन्ता सञ्जीव चापागाईंले लागुऔषध दुव्यर्सनले समाजमा परेको असर र यसलाई रोक्न सामुदायिक प्रहरीले गरेको भूमिकाका साथै विभिन्न प्रबिधिबाट समाजमा हुने अपराधिक क्रियाकलापका बिषयमा विद्यार्थीलाई अन्तरक्रिया विधिद्वारा अनुशिक्षण दिनु भएको थियोे ।

कार्यक्रममा उत्कृष्ट तीन प्रशिक्षार्थीलाई प्रमुख अतिथि प्रनाउ रिजालको हातबाट पुरस्कृत गरिएको थियो । साथै विद्यालय सम्पर्क कार्यक्रममा सहभागिता प्रदान गर्ने सोही विद्यालय परिवारलाई सेवा केन्द्रका अध्यक्ष खनाल र प्रमुख अतिथि रिजालको हातबाट सम्मानित गरिएको थियो । कार्यक्रममा समाजसेवी नन्दलाल खरेल, बृहस्पति दाहाल र अप्र बिट इन्चार्ज प्रसनि भीम गौतम समेतको उपस्थिति रहेको कार्यक्रम सेवा केन्द्रका महासचिब लक्ष्मी गौतमले सहजीकरण गर्नु भएको थियो ।