बालकको जीउभरि लागूऔषध ! बालकको जीउभरि लागूऔषध !

बालकको जीउभरि लागूऔषध !





समाज २७ माघ २०७६, सोमबार १९:४५

 लागूऔषध तस्करीमा बालकको प्रयोग भएको पाइएको छ । प्रहरीले विराटनगरबाट १४ वर्षीय बालकलाई समातेपछि यसको रहस्य खुलेको हो । उनको शरीरभरि लागूऔषध भेटिएको प्रहरीको... बालकको जीउभरि लागूऔषध !

 लागूऔषध तस्करीमा बालकको प्रयोग भएको पाइएको छ । प्रहरीले विराटनगरबाट १४ वर्षीय बालकलाई समातेपछि यसको रहस्य खुलेको हो । उनको शरीरभरि लागूऔषध भेटिएको प्रहरीको दावी छ ।

विराटनगर– १२ बाट एकजना १४ वर्षे बालक शरीरभरि लागूऔषध बोकेर ल्याउँदै गर्दा पक्राउ परेका हुन् । धरानका ती बालकले शरीरभरि टेपले बाँधेर लागूऔषध ल्याउँदै थिए । ती बालकको साथबाट २५ सेट एभिल, २५ सेट डाईजेपम र २५ सेट नरफिन गरी ७५ सेट लागूऔषध बरामद गरिएको छ ।

तीन महिनादेखि लागूऔषधको लतमा लागेको ती बालकलाई जोगबनीबाट तस्कर गिरोहले प्रयोग गरेर लागूऔषध ओसारपोसार गर्न खोजेको हुन सक्ने मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।