किन घटे नेपाल आउने पर्यटक ? किन घटे नेपाल आउने पर्यटक ?
नेपाल भित्रिने पर्यटक घटेका छन् । अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा यसवर्ष जनवरीमा नेपाल आउने पर्यटक घटेका हुन् । सरकारले वार्षिक २० लाख पर्यटक... किन घटे नेपाल आउने पर्यटक ?

नेपाल भित्रिने पर्यटक घटेका छन् । अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा यसवर्ष जनवरीमा नेपाल आउने पर्यटक घटेका हुन् । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षको पहिलो महिनामै पर्यटक घटेपछि सरोकारवालामा चिन्ता थपिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२० मा ७९ हजार ६ सय ८६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । जनवरीमा चिनियाँ पर्यटकको आगमन सामान्य बढे पनि भारतीय पर्यटकको संख्या भने घटेको छ ।

तथ्याङ्क अनुसार जनवरी २०२० मा भारतबाट १६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन् । चीनबाट सन् २०१९को जनवरीमा १२ हजार ९ सय १९ पर्यटक आएकोमा सन् २०२० मा भने १३ हजार ३ सय ३ जना पर्यटक आएका छन् । अमेरिकाबाट आउने पर्यटकको संख्या ओरालो लागेको छ । अमेरिकाबाट सन् २०१९ जनवरीमा ६ हजार ५९२ जना पर्यटक आएकोमा सन् २०२० जनवरीमा ६ हजार ३ सय ८६ पर्यटक आएका छन् ।