क्रिएटिभ इन्टरनेश्नल एकाडेमी बार्षिकको उत्सव क्रिएटिभ इन्टरनेश्नल एकाडेमी बार्षिकको उत्सव
बिर्तामोड÷ झापाको बिर्तामोड–१ स्थित पूर्वी शान्ती टोलमा रहेको क्रिएटिभ इन्टरनेश्नल एकाडेमीले आफ्नो पहिलो बार्षिक उत्सव मनाएको छ । एकाडेमीले सोमबार स्कुल परिसरमा रक्तदान, सांस्कृतिक ... क्रिएटिभ इन्टरनेश्नल एकाडेमी बार्षिकको उत्सव
बिर्तामोड÷ झापाको बिर्तामोड–१ स्थित पूर्वी शान्ती टोलमा रहेको क्रिएटिभ इन्टरनेश्नल एकाडेमीले आफ्नो पहिलो बार्षिक उत्सव मनाएको छ ।
एकाडेमीले सोमबार स्कुल परिसरमा रक्तदान, सांस्कृतिक  कार्यक्रमको आयोजना गर्दै बार्षिक उत्सव मनाएको स्कुलका अध्यक्ष एजाज अहमद अन्सारीले जानकारी दिए ।
राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारी प्रमुख अतिथि रहेको कार्यक्रम  एकाडेमीका अध्यक्ष एजाज अहमद अन्सारीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारी, बिर्तामोड नगरपालिका वडा नम्बर १ का कार्यबाहक वडाध्यक्ष प्रेम खरेल लगायतले शुभकामना मनतब्य राखेका थिए । स्कुलका प्रिन्सीपल रहमत अन्सारी तथा उर्दु अरबी शिक्षक इक्वाल हास्मीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक शोभा गौतमले गरेकी थिइन ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा नेपाल हज कमिटिका अध्यक्ष समशेर मिया, कमिटिका सदस्य नजिबुल्लाह अन्सारी, पूर्व राज्यमन्त्री जाकिर हुसेन लगायतको आतिथ्यता रहेको थियो ।