संगठित हुँदै नेपालका लागि नेपाली अभियानकर्मीहरु संगठित हुँदै नेपालका लागि नेपाली अभियानकर्मीहरु
विर्तामोड :  भ्रष्टाचार अनि बेथितिविरुद्ध आवाज उठाउँदै आएको नेपालका लागि नेपाली अभियानका अभियानकर्मीहरुले संगठन विस्तारलाई तीव्रता दिएका छन् । अभियानले मेची अञ्चललाई संयोजन गर्ने... संगठित हुँदै नेपालका लागि नेपाली अभियानकर्मीहरु

विर्तामोड :  भ्रष्टाचार अनि बेथितिविरुद्ध आवाज उठाउँदै आएको नेपालका लागि नेपाली अभियानका अभियानकर्मीहरुले संगठन विस्तारलाई तीव्रता दिएका छन् ।

अभियानले मेची अञ्चललाई संयोजन गर्ने गरी झापाको विर्तामोडमा कार्यालय स्थापना गरेर संगठन विस्तारलाई तीव्रता दिएको अभियानका झापा संयोजक महेन्द्रप्रसाद प्रसाईंले बताएका छन् । यसगरी अन्य जिल्लामा पनि संगठन विस्तार भइरहेको उनले बताए ।

नेपालका लागि नेपाली अभियान सरकार वा कुनै पार्टीप्रति लक्षित नभई यो अभियान भ्रष्टाचार, बेथिति र विसंगतिका विरुद्धमा भएको भन्दै संयोजक प्रसाईंले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् ।

संयोजक प्रसाईले एक पत्रकार सम्मेलन आयोजना गरी ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्चपदस्थ व्यक्तिहरुका विरुद्धमा समेत मसद्दा लायर गर्ने साहस देखाएकोमा आयोगको प्रशंसा गर्दै यो वा त्यो बहानामा दोषीहरुले उन्मुक्ति पाउनु नहुने बताए ।

त्यसो गरिए नेपालका लागि नेपाली अभियानकर्मीहरु सडकमा उत्रन बाध्य हुने उनले चेतावनी पनि दिए । यसैगरी, बहुचर्चित अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा नभएकोले राज्यले यसलाई स्वीकार्नु नहुने प्रसाईंको धारणा छ । उनले एमसीसी अमेरिकी सेना नेपाल छिर्ने माध्यम भएको दाबी गरे ।

संयोजक प्रसाईंले अभियानले सदस्यता वितरण शुरु गरिसकेको जानकारी दिँदै राजनीतिबाट दिक्क भएकाहरु, युवाहरु अभियानसँग जोडिन थालेको उल्लेख गरे ।