सिम्रिक साकोसको नवौं वार्षिकोत्सवमा सम्मान सिम्रिक साकोसको नवौं वार्षिकोत्सवमा सम्मान
विर्तामोड : सदस्य संख्याको आधारमा झापाको चौथो उत्कृष्ट सहकारी संस्था सिम्रक सहकारी संस्थाले सहकारी तथा गैरसहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै शुक्रबार आफ्नो नवौं... सिम्रिक साकोसको नवौं वार्षिकोत्सवमा सम्मान

विर्तामोड : सदस्य संख्याको आधारमा झापाको चौथो उत्कृष्ट सहकारी संस्था सिम्रक सहकारी संस्थाले सहकारी तथा गैरसहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै शुक्रबार आफ्नो नवौं वार्षिकोत्सव मनाएको छ ।

झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रही १७ वटा सेवाकेन्द्रमार्फत जिल्लाभर वित्तीय कारोबार गर्दै आइरहेको सिम्रिक सहकारीले स्थानीय आदर्श व्याङ्क्वेटमा आयोजना गरेको वार्षिकोत्सवको अवसरमा जिल्लाका सहकारी अभियानकर्मीहरु, सञ्चारकर्मी, संस्थामा आबद्ध रही

कृषि तथा उद्योग क्षेत्रमा सफलता हासिल गरेका शेयर सदस्य, उत्कृष्ट सेवा केन्द्र, कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतको अध्यक्षतामा आयोजित नर्वौ वार्षिकोत्सवको एक समारोहका बीच प्रमुख अतिथि प्रदेश नं १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले गरेका थिए ।

संस्थाका सचिव सुवास भट्टाईले सञ्चालन गरेको समारोहमा यस वर्ष सिम्रिक सहकारी पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराईलाई नगदसहित सम्मान गरियो । पुरस्कार राशी सात हजार पाँच सय रुपैयाँ रहेको छ । त्यस्तै, सफल कृषकका रुपमा रञ्जु मित्र र सफल व्यवसायीका रुपमा मित्र घिमिरेलाई ७५०० नगदसहित सम्मान गरिएको थियो ।

सांस्कृतिक प्रस्तुतिसमेत रहेको समारोहमा केन्द्रीय वचत तथा ऋण सहकारी महासंघको सञ्चालकमा हालै निर्वाचित झापा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारी र केन्द्रीय सहकारी महासंघको केन्द्रीय सदस्यमा चयन हुन सफल झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललाई बधाइसहित सम्मान गरिएको थियो ।

त्यसैगरी, संस्थालाई सफल तुल्याउन योगदान पुर्याउने सेवाकेन्द्रतर्फ गौरादह सेवा केन्द्र, लघुवित्तअन्तर्गत समूहतर्फ प्रथम भएको महल्या स्वावलम्बन महिला समूह, दोस्रो मिलन स्वावलम्बन महिला समूह र तेस्रो सरस्वती स्वावलम्बन महिला समूहलाई नगदसहित सम्मान

गरियो भने कर्मचारीतर्फ विभागतर्फका कृष्णप्रसाद कडरिया उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कुत भए भने कार्यालयको आन्तरिकतर्फ इन्दिरा भट्टराई र वेदप्रसाद आचार्य, वाह्यतर्फ भानुदेवी रिजाल, गोकर्ण घिमिरे र सुकमाया राई एवम् लघुवित्ततर्फ दर्गा पौडेललाई नगदसहित सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि मन्त्री मगर र संस्थाका अध्यक्ष वस्नेतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि मन्त्री मगरले सदस्यहरुको हितका लागि संस्थाले गरेका क्रियाकलापको प्रशंसा गरेका थिए । मन्त्री मगरले सहकारी समृद्धिको बलियो खम्बा भएकोले सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखेका थिए ।