भद्रपुरमा नगरस्तरीय विज्ञान प्रदर्शनी तथा सांस्कृतिक प्रतियोगिता भद्रपुरमा नगरस्तरीय विज्ञान प्रदर्शनी तथा सांस्कृतिक प्रतियोगिता
गंगा बराल \ भद्रपुर :  झापाको सदरमुकाम भद्रपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले शुक्रबार आफ्नो क्षमता सार्वजनिक रुपमा प्रदर्शन गर्ने अवसर... भद्रपुरमा नगरस्तरीय विज्ञान प्रदर्शनी तथा सांस्कृतिक प्रतियोगिता

गंगा बराल \ भद्रपुर :  झापाको सदरमुकाम भद्रपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले शुक्रबार आफ्नो क्षमता सार्वजनिक रुपमा प्रदर्शन गर्ने अवसर पाएका छन् ।

भद्रपुर नगरपालिकाको शिक्षा खेलकुद तथा युवा विकास शाखाले विद्यार्थीहरुलाई यस्तो अवसर प्रदान गरेको हो । शाखाको आयोजनामा सम्पन्न चन्द्रगढीस्थित वीरेन्द्र माविको परिसरमा विद्यालयस्तरीय विज्ञान तथा कला प्रदर्शनी एवम् नृत्य प्रतियोगितामा विद्यार्थीहरुले आफ्नो कला र क्षमता मात्र प्रस्तुत गरेनन्, उत्कृष्ट विद्यार्थी र विद्यालयले पुरस्कार पनि प्राप्त गरे । प्रतियोगिता माध्यमिक र आधारभूत तहमा छुट्टाछुट्टै गरिएको थियो ।

नगरभित्रका एकदर्जनभन्दा बढी विद्यालय सहभागी रहेको विज्ञान तथा कला प्रदर्शनीतर्फ माध्यिमिक तहमा भद्रपुर ३ स्थित सामुदायिक विद्यालय चन्द्रभानु माविले प्रथम पुरस्कार हात पार्यो । वीरेन्द्र माविले दोस्रो पुरस्कार प्राप्त गर्यो भने संस्थागत विद्यालय प्रज्ञा एकाडेमीले तेस्रो पुरस्कार प्राप्त गर्यो । विभूति विद्या मदिन्र सान्त्वना भएको थियो ।

चित्रकला प्रदर्शनीतर्फ आधारभूतमा भगवती प्राविका हरिश राजवंशी प्रथम भए भने पशुपतिनाथ आधारभूत विद्यालयका शिवलाल हस्दा दोस्रो, शारदा आधारभूत विद्यालयका नेत्र महतो तेस्रो र जीवनज्योति आधारभूत विद्यालयकी संस्कृति खवास सान्त्वना भए । माध्यमिकतर्फ विभूति विद्या मन्दिरका सुनिल योगी प्रथम, वीरेन्द्र माविका तिलक साह दोस्रो, हिमाली माविका सुजन वस्नेत तेस्रो र सरगरमाथा माविका दिने्श जोशी सान्त्वना भए ।

विद्यार्थीले बालमैत्री स्थानीय शासनयुक्त नगरको विषयमा चित्र बनाएका थिए । भद्रपुर नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर बन्ने तयारीमा रहेको छ ।

यसैगरी, आधारभूततर्फ भद्रपुर ८ को पृथ्वी आधारभूत विद्यालय प्रथम, भद्रपुर ३ को मुनाल एकाडेमी दोस्रो, कलबलगुडी आधारभूत विद्यालय तेस्रो र भद्रपुर माविले सान्त्वना पुरस्कार प्राप्त गरे ।

नृत्य प्रतियोगितातर्फ माध्यमिक तहमा प्रज्ञा एकाडेमी प्रथम, ग्रीनफिल्ड मावि दोस्रो, होलिल्याण्ड मावि तेस्रो र एमरेल्ड एकाडेमीले सान्त्वना पुरस्कार प्राप्त गरे । आधारभूततर्फ मुनाल एकाडेमी प्रथम, अरनिको मावि दोस्रो, सरस्वती मावि तेस्रो र वीरेन्द्र माविले सान्त्वना पुरस्कार प्राप्त गरे ।

विजयी विद्यार्थी तथा विद्यालयलाई समारोहकी अध्यक्ष भद्रपुर नगर उपप्रमुख चन्द्रा श्रेष्ठ, नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले शील्ड तथा पुरस्कार प्रदान गरेका थिए ।

शिक्षा शाखाका योगेन्द्र पौडेलले सञ्चालन गरेको प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुर नगरपालिका बालमैत्री नगर बन्नेतर्फ उन्मूख भएकोले बालमैत्री क्रियाकलापलाई जोड दिन विद्यालयहरुलाई आग्रह गरे । उद्घाटन समारोहमा शिक्षक महासंघ भद्रपुरका अध्यक्ष गणेश गिरी, ५ नं वडाध्यक्ष बन्धु कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए ।