मेचीनगरमा सूचनाको हक समिति मेचीनगरमा सूचनाको हक समिति

मेचीनगरमा सूचनाको हक समिति





समाचार २४ माघ २०७६, शुक्रबार १६:००

काँकडभिट्टा– सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल विस्तारको क्रममा विहीवार मेचीनगरस्तरीय समिति गठन गरिएको छ । सूचनाको हककी अभियन्ता ईश्वरा तिवारीको उपस्थितिमा मेचीनगरको इटाभट्टामा आयोजित... मेचीनगरमा सूचनाको हक समिति

काँकडभिट्टा– सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल विस्तारको क्रममा विहीवार मेचीनगरस्तरीय समिति गठन गरिएको छ । सूचनाको हककी अभियन्ता ईश्वरा तिवारीको उपस्थितिमा मेचीनगरको इटाभट्टामा आयोजित एक छलफलले छलवहादुर (सीवी) सारु मगरको संयोजकत्वमा मेचीनगरस्तरीय प्रारम्भिक समिति चयन गरेको हो । जसको सदस्यहरुमा रुपसागर अधिकारी, कञ्चन वराल, होमनाथ प्रसाई, इन्द्र सुव्वा, सुवास तिम्सिना, अर्जुन लिम्वु प्रशान्त, सन्तोष राई, पुष्प अर्याल र प्रतापसिंह रुम्वा छन् ।

संयोजक सारुका अनुसार समितिको आगामी वैठकले मेचीनगरका १५ वटै वडालाई समेट्ने गरी सदस्य विस्तार गरिनेछ । यसअघि झापाको हल्दीवारी गाउँपालिकामा यामकान्त निरौलाको संयोजकतत्वमा १५ सदस्यीय गाउँपालिकास्तरीय समिति गठन गरिएको थियो । जिल्लाका १५ वटै स्थानीय तहमा समिति गठन गरी स्थानीय सरकारका गतिविधिलाई खवरदारी गरिने अभियन्ता तिवारीले जानकारी दिइन् ।