म दोषी छैन, पुष्टि गर्न चुनौति दिन्छु : नेपाल म दोषी छैन, पुष्टि गर्न चुनौति दिन्छु : नेपाल
विराटनगर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिएका छन् । शुक्रवार विहान विराटनगरमा पत्रकारसँगको... म दोषी छैन, पुष्टि गर्न चुनौति दिन्छु : नेपाल

विराटनगर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिएका छन् । शुक्रवार विहान विराटनगरमा पत्रकारसँगको भेटमा उनले आफूलाई दोषीका रुपमा गरिएको प्रचारप्रति आपत्ति जनाएका हुन् । नेता नेपालले आफू दोषी नरहेको प्रष्टीकरण दिए ।

ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार काङ्ग्रेस नेता वियकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यसविरुद्ध आक्रोसित भएको काङ्ग्रेसले गच्छेदारलाई फसाउन खोजिएको भन्दै संसद अवरुद्ध गर्न थालेको छ ।

नेता नेपालले आफू दोषी नभएको र अपराधी पनि नभएको बताए । ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन नहुने भन्दै नेता नेपालले निर्दोष पनि पर्न नहुनेमा जोड दिए । अख्तियारलाई छानविन गर्न दिनुपर्ने भन्दै नेता नेपालले कांग्रेसले भनेजस्तो कसैलाई नफसाइएको बताए ।