बुद्धशान्तिले गुमायो १०७ वर्षीय जेष्ठ अभिभावक बुद्धशान्तिले गुमायो १०७ वर्षीय जेष्ठ अभिभावक
बुद्धशान्ति– जेष्ठ नागरिक हरिप्रसाद वाग्लेको शुक्रवार निधन भएको छ । बुद्धशान्ति गाउँपालिका–१ का स्थायी बासिन्दा वाग्लेको १०७ वर्षको उमेरमा शुक्रवार विहान साढे १० बजे... बुद्धशान्तिले गुमायो १०७ वर्षीय जेष्ठ अभिभावक

बुद्धशान्ति– जेष्ठ नागरिक हरिप्रसाद वाग्लेको शुक्रवार निधन भएको छ । बुद्धशान्ति गाउँपालिका–१ का स्थायी बासिन्दा वाग्लेको १०७ वर्षको उमेरमा शुक्रवार विहान साढे १० बजे निजी निवासमा निधन भएको हो । गाउँपालिकाका अग्रज अभिभावक वाग्ले केही दिनदेखि अस्वस्थ्य थिए । उनको शुक्रवार जातिय परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

इलामको मालिममा बुबा प्रभाखर वाग्ले र आमा धनमाया वाग्लेका जेठा छोराको रुपमा १९७० साल मंसिर ५ गते जन्मिएका वाग्ले २०१४ सालदेखि झापाको बुधबारे बसोबास गर्दै आएका थिए । उनले आमा बाबु गुमाइसकेका छन् । पाँच छोरा र २ छोरीका धनी वाग्लेकी श्रीमती हर्कमायाको २०४९ सालमा निधन भएको थियो । कान्छा छोरा वेदप्रसादसँग बस्दै आएका वाग्लेका जनाति, जनातिना पनि छन् ।