भ्रष्टाचार मुद्दामा गच्छदार सांसदबाट निलम्बित भ्रष्टाचार मुद्दामा गच्छदार सांसदबाट निलम्बित
कांग्रेस उपसभापति बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी निलम्वित भएका... भ्रष्टाचार मुद्दामा गच्छदार सांसदबाट निलम्बित

कांग्रेस उपसभापति बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी निलम्वित भएका हुन् ।  मुद्दा अन्तिम किनारा नलागेसम्म उनी सांसदको हैसियतमा रहन पाउँदैनन् । त्यतिञ्जेल गच्छदार संसदमा समेत जान नपाउने भएका छन् । अख्तियारको दाबी अदालतबाट ठहर भए गच्छदारको राजनीतिक जीवन सधैँका लागि समाप्त हुनेछ । यसअघि खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जेपी गुप्ता लगायतका नेता सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएसँगै उनीहरुको राजनीतिक जीवन समाप्त भएको थियो ।