महारानीगञ्ज माविको वार्षिकोत्सवमा सम्मान महारानीगञ्ज माविको वार्षिकोत्सवमा सम्मान
अर्जुनधारा : झापाको अर्जुनधारा–११ स्थित महारानीगञ्ज माध्यमिक विद्यालयले आफ्नो ६२ औं वार्षिकोत्वको अवसर पारेर बुधबार विभिन्न क्षेत्रका एक दर्जनजति व्यक्तित्वलाई सम्मान गरेको छ ।... महारानीगञ्ज माविको वार्षिकोत्सवमा सम्मान

अर्जुनधारा : झापाको अर्जुनधारा–११ स्थित महारानीगञ्ज माध्यमिक विद्यालयले आफ्नो ६२ औं वार्षिकोत्वको अवसर पारेर बुधबार विभिन्न क्षेत्रका एक दर्जनजति व्यक्तित्वलाई सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकालको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहका बीच स्थापनाकालदेखि विद्यालयको उन्नयनमा विशिष्ट योगदान पुर्याएकोमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बलिराज इङनाम र भैरवबहादुर खड्का र पूर्व प्रधानाध्यापक बच्चेलाल चौधरीलाई विशेष सम्मान गरियो ।

समारोहका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
सहायक प्रधानाध्यापक लीलाधर चम्लागाईंले सञ्चालन र प्रधानाध्यापक मनबहादुर लिम्बूले स्वागत गरेको समारोहमा उत्कृष्ट अभिभावकका रुपमा प्रमिला भट्टराई र सुकमती चौधरी, उत्कृष्ट शिक्षकका रुपमा भीमबहादुर भारती र दुर्गा ओझालाई सम्मान गरिएको थियो ।

सोही अवसरमा छात्रवृत्ति पनि प्रदान गरिएको थियो । गरीब तथा जेहेन्दार छात्रा ८ कक्षामा अध्ययनरत मुसकान दासलाई नगद ३१०० सहित प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी, सेवा निवृत्त शिक्षक महानन्द बरालसहित विद्यालयमा लामो समय अध्यापन गरी सरुवा भई गएका शिक्षकहरु नरेश पौडेल र अनिता शिवाकोटीलाई विदाइसहित सम्मान गरिएको शिक्षक प्रदीप वस्नेतले जानकारी दिए ।