१५० विपन्न विद्यार्थीलाई बाँड्यो सिम्रिक साकोसले ब्याग १५० विपन्न विद्यार्थीलाई बाँड्यो सिम्रिक साकोसले ब्याग
झापाको अग्रणी सहकारी संस्था सिम्रिक वचत तथा ऋण सहकारी संस्थाले झापा विर्तामोडको उक सरकारी विद्यालयका डेढ सय विद्यार्थीलाई शैक्षिक सामग्री बोक्ने ब्याग वितरण गरेको... १५० विपन्न विद्यार्थीलाई बाँड्यो सिम्रिक साकोसले ब्याग

झापाको अग्रणी सहकारी संस्था सिम्रिक वचत तथा ऋण सहकारी संस्थाले झापा विर्तामोडको उक सरकारी विद्यालयका डेढ सय विद्यार्थीलाई शैक्षिक सामग्री बोक्ने ब्याग वितरण गरेको छ ।

यही माघ २४ गते मनाउन लागिएको संस्थाको स्थापना दिवसको अवसर पारेर सिम्रिकले सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार विर्तामोड–८ स्थित शुक्रराज आधारभूत विद्यालयका विद्यार्थीलाई ब्याग वितरण गरेको हो । मुख्य रुपमा आदिवासी मजदूर विपन्न

समुदायका बालबालिकाहरुले अध्ययन गरिरहेको सो विद्यालयका बाल विकास तहदेखि ५ कक्षासम्मका विद्यार्थीलाई विद्यालय परिसरमा आयोजित एक समारोहका बीच ब्याग वितरण गरिएको संस्थाका विभागीय प्रमुख विजय वस्नेतले जानकारी दिनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर वस्नेतको अध्यक्षतामा आयोजित समारोहका बीच प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, वडा नं ८ का कार्यवाहक अध्यक्ष दिपक भट्टराई, संस्थाका अध्यक्ष कमलबहादुर वस्नेत, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी ‘निराकार’लगायतले ब्याग वितरण गर्नुभएको थियो ।

सो अवसरमा संस्थाका अध्यक्ष वस्नेतले सहकारीले वित्तीय कारोबार मात्र नभई सामाजिक सेवा कार्य पनि उल्लेख्य रुपमा गर्ने भएकोले सहकारीमा आबद्ध हुन सबैलाई आग्रह गर्नुभयो । आफ्नो संस्थाको प्रगति सुनाउँदै उहाँले सिम्रिकमा हाल २४ हजार भन्दा बढी सदस्य आबद्ध भइसकेको र ती सदस्यले संस्थाबाट विभिन्न किसिमका सेवा–सुविधा उपयोग गर्दै आएको बताउनु भयो ।

संस्थाका सचिव सुवास भट्टराईले सञ्चालन गरेको समारोहमा अध्यक्ष वस्नेतले संस्थाको वार्षिकोत्सवकै अवसर पारेर आगामी फागुन २ गते विर्तामोडकै गरामनीमा १४ जना विशेषज्ञ चिकित्सकको सहभागितामा बृहत निःशुल्कब स्वास्थ्य शिविर आयोजना गरिने भएकोले सो शिविरबाट लाभ लिन बिरामीहरुलाई आग्रह गर्नुभएको छ ।