फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध कायम हुँदै फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध कायम हुँदै
मेचीनगर–बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध कायम गर्न माघ २५ गते बेलायती प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । द गोर्खा मेमोरियल फण्ड बेलायतका... फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध कायम हुँदै

मेचीनगर–बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध कायम गर्न माघ २५ गते बेलायती प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । द गोर्खा मेमोरियल फण्ड बेलायतका संस्थापक अध्यक्ष, झापाली समाज लण्डनका अध्यक्ष तथा बेलायतस्थित फोक्टन सीटीका पूर्व काउन्सिलर धनकिरण गुरुङसहितको ५ सदस्यीय वेलायती प्रतिनिधिमण्डल मेचीनगर आउन लागेको हो ।

वेलायती प्रतिनिधि मण्डलले मेचीनगरले स्वागतका लागि अहिले नगरलाई सजाउने काम गदैं आएको छ । मञ्चदेखि स्वागत गेटको निर्माण गरिनेछ । वेलायती प्रतिनिधि मण्डल र मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्य उपप्रमुख मीना उप्रेतीबीच बेलायतको फोक्सटन सिटी र मेचीनगर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका बारेमा छलफल हुनेछ । छलफलपछि फोक्सटन सिटीका मेयर सहितका पदाधिकारीले भगिनी सम्बन्ध स्थापनाको मैत्री पत्र सम्झौतामा हस्ताक्षर हुने पूर्व काउन्सिलर धनकिरण गुरुङले जानकारी दिए ।

मेचीनगर नगरपालिका प्रमुख विमल प्रमुख आचार्यले असोज १६ देखि १९ गतेसम्म बेलायतको बिभिन्न औपचारिक कार्यक्रममा सहभागी भएर मेचीनगर र बेलायतको फोक्सटन सिटीसहित त्यस क्षेत्रका अन्य शहरहरुसँग द्विपक्षीय सम्बन्ध स्थापित गर्ने बिषयमा छलफल गरेका थिए । मेचीनगरको निमन्त्रणामा बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि गठित समितिका संयोजक धनकिरण गुरुङ, फोक्सटन टाउनका प्रमुख जेकी मोड, समितिका सचिव नेलजोन, फोक्सटन टाउन च्याम्वर अफ कर्मसका चियरम्यान रे जोनसन, आइटि इञ्जिनियर ओलीभर रविन्सन्सलगायतको टोली माघ २६ गते मेचीनगर आइपुग्नेछ । झापा मेचीनगर–६ काँकरभिट्टा निवासी पूर्व काउन्सिलर धन किरणले नेपाली समुदायलाई बेलायती समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।