विद्यार्थीलाई लागूऔषध प्रयोगविरुद्ध प्रशिक्षण विद्यार्थीलाई लागूऔषध प्रयोगविरुद्ध प्रशिक्षण
बिर्तामोड– झापाको बिर्तामोड–४ स्थित सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले शुक्रबार गोमेन्द्र बिर्तामोडल स्कूलमा लागुऔषध दुव्र्यसन नियन्त्रण तथा साइबर अपराध सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न... विद्यार्थीलाई लागूऔषध प्रयोगविरुद्ध प्रशिक्षण

बिर्तामोड– झापाको बिर्तामोड–४ स्थित सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले शुक्रबार गोमेन्द्र बिर्तामोडल स्कूलमा लागुऔषध दुव्र्यसन नियन्त्रण तथा साइबर अपराध सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सेवा केन्द्रका अध्यक्ष उत्तम खनालको अध्यक्षता र इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा पाँचदेखि कक्षा नौ सम्मका १५५ जना विद्यार्थीलाई जनचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रनाउ रिजालले विद्युतीय तरङ्गबाट हुने साइबर अपराधका बिषयमा जानकारी गराउँदै कसुर र सजाय समेतको बारेमा प्रष्ट पारेका छन् । त्यसैगरी सेवा केन्द्रका उपाध्यक्ष एवम् लागुऔषधविरुद्धको अभियानका अभियन्ता सञ्जीब चापागाईंले लागुऔषध दुव्र्यसनबाट हुने सामाजिक अपराध, कसुर र सजाय समेतको बारेमा विद्यार्थीलाई अबगत गराएका छन् ।

कार्यक्रममा अन्तरक्रियामा उत्कृष्ट तीनजना विद्यार्थीलाई प्रमुख अतिथि रिजालले पुरस्कृत गरेका छन् । कार्यक्रममा सेवा केन्द्रकी उपाध्यक्ष तारा कार्की, सह कोषाध्यक्ष राधा भट्टराई, सदस्य तेजेन्द्र उप्रेती, समाजसेवी झरेन्द्र बराल र प्रहरी बिट इन्चार्ज भीम गौतमको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण सेवा केन्द्रका महासचिव लक्ष्मी गौतम गरेका थिए ।