बालसुवोधिनीमा पत्रकार बरालसहित योगदानकर्ता सम्मानित बालसुवोधिनीमा पत्रकार बरालसहित योगदानकर्ता सम्मानित
मेचीनगर–बाल सुबोधिनी आधारभूत विद्यालयले विवेचना दैनिकका फोटो पत्रकार बिजय बरालसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । मङ्गलबार सम्पन्न ५२ औं वार्षिकोत्सवमा विद्यालयको शैक्षिक विकासमा... बालसुवोधिनीमा पत्रकार बरालसहित योगदानकर्ता सम्मानित

मेचीनगर–बाल सुबोधिनी आधारभूत विद्यालयले विवेचना दैनिकका फोटो पत्रकार बिजय बरालसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । मङ्गलबार सम्पन्न ५२ औं वार्षिकोत्सवमा विद्यालयको शैक्षिक विकासमा सहयोग गर्ने व्यक्तित्वहरुलाई विद्यालयले सम्मान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार विजय बराल, बर्ष उत्कृष्ट शिक्षक मेनुका सुवेदी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोला सुवेदी, समितिका पूर्व सदस्यहरु लालमहमद मिया, माधवप्रसाद काफ्ले, ताजमदिन मिया, अक्षयकोष दाता रामप्रसाद रिजाल सम्मानित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि मेचीनगर–१४ का वडा अध्यक्ष शङ्करप्रसाद पोखरेल, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल र शिक्षक महासङ्घ झापाका निवर्तमान अध्यक्ष तेजप्रसाद चौलागाईंले उनीहरुलाई संयुक्त रुपमा फुलमाला र प्रशंसापत्र प्रदान गरेका छन्। कार्यक्रममा समाजसेवी रामकुमार कन्दङ्वाले आफ्नी दिवङ्गत छोरी रञ्जना कन्दङ्वाको स्मृतिमा स्थापना गरेको रञ्जना स्मृति छात्रबृत्तिबाट जनही १ हजार ५ सय रुपैयाँका दरले १४ जना छात्रालाई पुरस्कृत गरिएको छ।

त्यसैगरी, विभिन्न दाताहरुबाट स्थापना गरिएको अक्षयकोषबाट जनही २ हजार रुपैयाँ दरको रघुनाथ स्मृति छात्रबृत्ति, देवीप्रसाद नैनकला छात्रबृत्ति, जयप्रसाद राधादेवी छात्रबृत्ति, हिमादेवी छात्रबृत्ति, रामप्रसाद शिवमाया छात्रबृत्तिबाट २५ जना जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक विश्व थापाले बताए ।कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका शिक्षा अधिकारी होमनाथ भण्डारी, कार्यपालिकाकी सदस्य बिन्दा प्रसाईं, लगायतले मन्तव्य राखेका थिए । बाल क्लबकी सचिव श्रेया काफ्लेले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक पदमप्रसाद मिश्रले गरेका थिए ।