न्युटन्सद्वारा वार्षिकोत्सवमा रक्तदान र शैक्षिक सामग्री वितरण न्युटन्सद्वारा वार्षिकोत्सवमा रक्तदान र शैक्षिक सामग्री वितरण
सरकारी विद्यालयका सीमान्तकृत र विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै बिर्तामोडको न्यूटन्स एजुकेशन एकेडेमीले १७ औं वार्षिकोत्सव मनाएको छ । शैक्षिक विकासका लागि... न्युटन्सद्वारा वार्षिकोत्सवमा रक्तदान र शैक्षिक सामग्री वितरण

सरकारी विद्यालयका सीमान्तकृत र विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै बिर्तामोडको न्यूटन्स एजुकेशन एकेडेमीले १७ औं वार्षिकोत्सव मनाएको छ । शैक्षिक विकासका लागि सरकारी विद्यालयलाई पनि सहयोग र प्रोत्साहन गर्नु पर्छ भन्ने उद्देश्यले न्यूटन्स्ले बिर्तामोडको वीर अम्मरसिंह मावि बिर्तामोडका विपन्न तथा सिमान्कृत समुदायका ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

‘यसपटक अलि फरक ढङ्गले वार्षिकोत्सव मनाएका छौँ’, न्यूटन्सका प्रिन्सिपल देबेन्द्र हुमागाईँले भने, ‘सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै रक्तदान र शैक्षिक सामग्री वितरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सम्पन्न भयो ।’ बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित वार्षिकोत्सव समारोहमा न्यूटन्स्मा गठित सगरमाथा टिन्स क्लवले फरक क्षमता भएका सो विद्यालयका दुई जना विद्यार्थीलाई पनि लत्ताकपडा र शैक्षिक सामग्री सहयोग गरेको छ ।

सो अवसरमा नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदानमा ८८ जनाले रगतदान गरेका छन् । ५६ औँ पटक रक्तदान गरेका पुन्य रिमालले रगत दिएर कार्यक्रम उद्घाटन गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम शर्मा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि प्रसाईंले विद्यालयले पढाईलाई मात्र नभएर विभिन्न सामाजिक गतिविधिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।

सो कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्वर–४ का अध्यक्ष कुलप्रसाद संग्रौला, प्याब्सन झापाका सहसचिव एचके पाठक, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले धारणा राखेका थिए । विद्यालयका एकेडेमिक इन्चार्ज नोयल पेरेराले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा नरेश भट्टराईको अध्यक्षतामा अभिभावक संघ एकाई समिति पनि गठन गरिएको छ ।