चाम्लिङ काठमाडौँमा हुँदा सिक्किम गए राजा ज्ञानेन्द्र चाम्लिङ काठमाडौँमा हुँदा सिक्किम गए राजा ज्ञानेन्द्र
एक महिनादेखि राजा ज्ञानेन्द्र झापामा छन् । तर, आइतवार अचानक उनी परिवारका सदस्यसहित भारत गए । पत्नी कोमलसहित भारतीय नम्वरको गाडीमा चढेर उनी पश्चिम... चाम्लिङ काठमाडौँमा हुँदा सिक्किम गए राजा ज्ञानेन्द्र

एक महिनादेखि राजा ज्ञानेन्द्र झापामा छन् । तर, आइतवार अचानक उनी परिवारका सदस्यसहित भारत गए । पत्नी कोमलसहित भारतीय नम्वरको गाडीमा चढेर उनी पश्चिम बंगालतिर लागेका हुन् । उनले सिक्किम र दार्जीलिङको भ्रमण गर्ने जनाइएको छ । सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ केही दिनयता काठमाडौँमा छन् । भारतमा सबभन्दा बढी २५ वर्ष मुख्यमन्त्री बनेको रेकर्ड बनाएका चाम्लिङले गोरखाको मनकामना मन्दिर दर्शन गरेका छन् । नेपालका शक्तिपीठमा चाम्लिङ घुमिरहेका बेला राजा ज्ञानेन्द्र भने सिक्किम र दार्जीलिङतिर लागेका हुन् ।

डब्लु वी ७६ ए ८८२७ नम्बरको सेतो रङको दुई वटा कारमा पूर्व राजा शाह, उनकी पत्नी कोमललगायत परिवार काँकरभिट्टा नाकाबाट भारत गएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनको परिवार १०÷१५ दिनका लागि सिक्किम घुम्न गएको हो । पूर्व राजा शाह पुसदेखि दमकस्थित चिया बगानको आफ्नै दरवारमा बस्दै आएका थिए ।

काँकरभिट्टामा पूर्व राजा आउने धेरैलाई थाहा नभए पनि उनको स्वागतका लागि सानो सङ्ख्यामा समर्थकको सहभागिता थियो । पाँच मिनेटसम्म पनि बस्न नभ्याएका उनलाई केही समर्थकले सयपत्री फूलको माला लगाइदिएका थिए । समर्थकका अनुसार पूर्व राजा शाह सिलिगुडी, दार्जीलिङ हुँदै सिक्किम धार्मिक तथा निजी भ्रमणमा निस्किएका छन् ।