सापकोटा सभामुखमा निर्वाचित सापकोटा सभामुखमा निर्वाचित

सापकोटा सभामुखमा निर्वाचित





राजनीति १२ माघ २०७६, आईतवार २०:४२

सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा) का उम्मेद्वार अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन भएका छन् । आइतबार बसेकाे प्रतिनिधिसभाको बैठकले सापकोटालाई निर्विरोध चयन भएको घोषणा... सापकोटा सभामुखमा निर्वाचित

सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा) का उम्मेद्वार अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन भएका छन् । आइतबार बसेकाे प्रतिनिधिसभाको बैठकले सापकोटालाई निर्विरोध चयन भएको घोषणा गरेको हो । संसदका जेष्ठ सदस्य तथा राजपाका नेता महन्थ ठाकुरले बैठक सञ्चालन गरेका थिए । संसदको अर्को बैठक अगामी मंगलबार दिँउसो १ बजे बस्ने भएको छ ।

आजै सापकोटाविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ हुने भनिएको थियो । तर रिटको सुनुवाइको लागि तोकिएका  न्यायाधीशले यसअघि पनि उनको मुद्दामा सुनुवाइ गरेकाले अहिले हेर्न नमिल्ने भन्दै सरेको थियो । उनलाई नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामुखमा प्रस्ताव गरेका थिए भने राजपाका नेता लक्ष्मणलाल कर्ण र नेकपा नेत्री ओनसरी घर्तीले समर्थन गरेका थिए ।