परेवा समात्नेलाई एक हजार पुरस्कार परेवा समात्नेलाई एक हजार पुरस्कार
अचम्म छ, एउटा परेवा समात्दा एक हजार पुरस्कार । तर परेवा मानै पाइँदैन । जिउँदै समातेर बुझाउनु पर्छ । भारतको गुजरातस्थित बडोदरामा रहेको एयरपोर्ट... परेवा समात्नेलाई एक हजार पुरस्कार

अचम्म छ, एउटा परेवा समात्दा एक हजार पुरस्कार । तर परेवा मानै पाइँदैन । जिउँदै समातेर बुझाउनु पर्छ । भारतको गुजरातस्थित बडोदरामा रहेको एयरपोर्ट प्रशासनका लागि परेवा सबैभन्दा ठूलो समस्या भएपछि समातेर ल्याउनेलाई पुरस्कार घोषणा गरिएको हो । त्यसैले एयरपोर्ट प्रशासनले एउटा परेवा समातेको १ हजार रुपैयाँ दिने घोषणा गरेको छ । बडोदरामा बनेको नयाँ एयरपोर्टमा परेवाको बासस्थान छ ।
बडोदरामा १ सय ६० करोड भारतीय रुपैयाँको लागतमा एयरपोर्ट बनाइएको थियो । यो एयरपोर्ट भन्दा २५ किलोमिटर माथि परेवाहरुले आफ्नो बस्ने तथा घुम्ने अड्डा बनाएका छन् । प्रशासनका डाइरेक्टर चरण सिंहले परेवा मार्न नहुने भएकोले समातेर त्यसलाई व्यवस्था गरिदिनेलाई १ हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका हुन् ।