दुर्घटनामा मृत्यु,  इन्स्योरेन्सद्वारा परिवारलाई १ करोड ६ लाख दुर्घटनामा मृत्यु,  इन्स्योरेन्सद्वारा परिवारलाई १ करोड ६ लाख
झापा– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोरङको पथरी शनिश्चरेका टीकाराम श्रेष्ठको परिवारलाई दुर्घटना मृत्यु दावी भुक्तानी गरेको छ । विहिवार एक कार्यक्रमको आयोजना गरी... दुर्घटनामा मृत्यु,  इन्स्योरेन्सद्वारा परिवारलाई १ करोड ६ लाख

झापा– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोरङको पथरी शनिश्चरेका टीकाराम श्रेष्ठको परिवारलाई दुर्घटना मृत्यु दावी भुक्तानी गरेको छ । विहिवार एक कार्यक्रमको आयोजना गरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उर्लाबारी शाखाले रकम भुक्तानी गरेको हो ।

उर्लाबारी शाखा प्रमुख रोशनकुमार यादवले मृतक श्रेष्ठकी पत्नी गीता लिम्बू श्रेष्ठलाई दुर्घटना मृत्युलाभसहित जीवन बीमाको रकम प्रदान गरेका हुन् । श्रेष्ठ परिवारलाई रकम दावी भुक्तानीवापत १ करोड ६ लाख ५० हजार रुपैंयाँ प्रदान गरिएको कम्पनीका उर्लाबारी शाखा प्रमुख यादवले जानकारी दिए ।

विद्यालय सञ्चालक रहेका श्रेष्ठले २०७५ सालमा मात्रै बीमा गरेका थिए । श्रेष्ठले मृत्युपूर्व दुई किस्ता मात्र तिरेको भए पनि दुर्घटना मृत्युलाभ सहितको सो बीमा रकम परिवारलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । मृतक श्रेष्ठले पथरी शनिश्चरेका व्यवसायी मनोज श्रेष्ठमार्फत बीमा गरेका थिए । श्रेष्ठको २०७६ साल पुस ३ गते उदयपुरमा भएको जीप दुर्घटनामा ज्यान गएको थियो ।