झापामा चलचित्र माइकल अधिकारीको सुटिङ झापामा चलचित्र माइकल अधिकारीको सुटिङ
चलचित्र ‘माइकल अधिकारी’ को झापामा छायांकन सुरु भएको छ । माघे संग्रातीको अवसर पारेर यो फिल्मको सुटिङ सुरु गरिएको हो । बुधवार बिर्तामोडको बसपार्कमा... झापामा चलचित्र माइकल अधिकारीको सुटिङ

चलचित्र ‘माइकल अधिकारी’ को झापामा छायांकन सुरु भएको छ । माघे संग्रातीको अवसर पारेर यो फिल्मको सुटिङ सुरु गरिएको हो । बुधवार बिर्तामोडको बसपार्कमा चलचित्रको शुभमुर्हुत गरिएको छ । गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुन लागेको चलचित्रले सेरोगेसी अर्थात भाडाको कोख सम्वन्धी कथाबस्तु समेटेको चलचित्रका निर्माता निरक पौडेलले बताए ।

झापाको चर्चित नाट्य समूह परिवर्तन थिएटरका कलाकारको समेत अभिनय रहने चलचित्रमा सौगात मल्ल नायक छन् भने नायिकाका रुपमा सृष्टि श्रेष्ठ छिन् । हेमन्त बुढाथोकी, सुजता ढकाल, आशान्त शर्मा, विद्या कार्की लगायतका कलाकारको पनि चलचित्रमा अभिनय रहनेछ । ब्रिटेनी कलाकार जमाइमा टोम्सले पनि चलचित्रमा अभिनय गर्ने जनाइएको छ । चलचित्रकर्मी झापाली युवा प्रतिभा राजेश घतानीका अनुसार रञ्जित रौनियारले लेखेको कथाबस्तुमा चलचित्र बन्न लागेको हो ।

चलचित्रमा नेपाल आइडलका विजेता रवि ओड, झापाली प्रतिभाशाली गायिका टीका प्रसाई र प्रविशा अधिकारीको गायन रहनेछ । रौनियारले नै चलचित्रको निर्देशन गर्दैछन् । चलचित्रको सफलताका लागि सिने पत्रकार प्रकाश सुवेदी, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई, समाजसेवी एवम् नेपाल चलचित्र सङ्घका पूर्व अध्यक्ष राजकुमार पोखरेल लगायतले शुभकामना दिएका छन् ।