बस र ट्रक ठोक्किदा २० जनाको मृत्यु बस र ट्रक ठोक्किदा २० जनाको मृत्यु
बसमा आगो लाग्दा भारतको उत्तर प्रदेशमा २० जनाको मृत्यु भएको छ । आगलागीस्थलबट २१ जनाको उद्धार गरिएको छ । कतिपयले हामफालेर ज्यान जोगाएका छन्... बस र ट्रक ठोक्किदा २० जनाको मृत्यु

बसमा आगो लाग्दा भारतको उत्तर प्रदेशमा २० जनाको मृत्यु भएको छ । आगलागीस्थलबट २१ जनाको उद्धार गरिएको छ । कतिपयले हामफालेर ज्यान जोगाएका छन् । उत्तरप्रदेशस्थित कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँमा ट्रकसँग ठोक्किँदा बसमा आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एसीयुक्त बसमा ५० जना यात्रु सवार थिए । ट्रक ठोक्किनासाथ दुवैमा आगो दन्किएको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले घटनाको अनुसन्धान गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले मृतकका परिवारलाई दुई लाखका दरले र घाइतेलाई ५० हजार राहत दिने घोषणा गरेका छन् ।