इलामका किसानलाई ११ करोड अनुदान इलामका किसानलाई ११ करोड अनुदान
इलाम– सरकारले इलामका किसानलाई ११ करोड २० लाख रुपैयाँ अनुदान दिएको छ । कृषिको व्यवसायीकरण गर्न किसानलाई अनुदान दिइएको हो । १० स्थानीय तहका किसानले... इलामका किसानलाई ११ करोड अनुदान

इलाम– सरकारले इलामका किसानलाई ११ करोड २० लाख रुपैयाँ अनुदान दिएको छ । कृषिको व्यवसायीकरण गर्न किसानलाई अनुदान दिइएको हो । १० स्थानीय तहका किसानले चालु आर्थिक वर्षमा सरकारी अनुदान लगेका छन् ।

अनुदानमा ब्लक, पकेट र नियमित कार्यक्रम सञ्चालन हुने जनाइएको छ । ५० प्रतिशत छुटमा सरकारले किसानका लागि अनुदान रकम उपलब्ध गराउने कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत हेमराज पन्तले बताए । ‘जिल्लाका प्रत्येक स्थानीय तहमा फरक–फरक नगदेबालीका लागि अनुदान उपलब्ध गराइएको छ’, उनले भने ।

इलाम नगरपालिकाले अलैची, आलु र अदुवाका लागि ९४ लाख, अनुदान पाएको छ । सूर्योदय नगरपालिकामा तरकारीका लागि २२ लाख दिइएको छ । देउमाई नगरपालिकामा अदुवाका लागि आठ लाख, माई नगरपालिकामा तरकारीका लागि आठ लाख र चुलाचुली गाउँपालिकामा धानका लागि ४३ लाख अनुदान गएको छ ।

रोङ गाउँपालिकामा खोर्सानी र अलैचीका लागि ६८ लाख, सन्दकपुर गाउँपालिकामा आलु र अलैँचीका लागि ५१ लाख, फाकफोकथुम गाउँपालिकामा अलैचीका लागि ३३ लाख अनुदान दिइएको छ । माङ्गसेबुङ्ग गाउँपालिकामा धान र अलैँचीका लागि ४१ लाख र माईजोगमाई गाउँपालिकामा अदुवा र किवीका लागि १६ लाख रुपैँया रकम अनुदानका लागि छुट्याइएको छ ।