साम्राज्ञी र प्रियङ्काको ओरालो यात्रा साम्राज्ञी र प्रियङ्काको ओरालो यात्रा
अहिले चलिरहेका नायिकाको आयु कति होला ? कति समय टिक्लान् उनीहरु ? उदाहरण लिऊँ, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको । उनी चार वर्षअगाडि फिल्म... साम्राज्ञी र प्रियङ्काको ओरालो यात्रा

अहिले चलिरहेका नायिकाको आयु कति होला ? कति समय टिक्लान् उनीहरु ? उदाहरण लिऊँ, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको । उनी चार वर्षअगाडि फिल्म ‘ड्रिम्स’बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी थिइन् । त्यसपछि आठवटा फिल्ममा अभिनय गरिसकिन् । उमेर त्यस्तै २२ जति हो तर उनको चार्म घट्न थालिसक्यो । उनले अभिनय गरेका फिल्म एकपछि अर्को फ्लप भइरहेका छन् । यही गति कायम रहने हो भने एकाध वर्षमा उनी फिल्मी पर्दाबाट हराउने पक्का छ ।

स्वयम् प्रियङ्का कार्कीको ओरालो यात्राको गति तीव्र छ । वर्षा राउत, आँचल शर्मा धन्न टिकिरहेका छन् । स्वस्तिमाको उकालो यात्रा यतिबेला राम्रै देखिएको छ । जसिता गुरुङ संघर्षरतै छिन् । अभिनेत्री भुवन चन्द अहिले चल्तीका नायिकाहरुले आफूलाई चरित्र अभिनयमा ढाल्न नसके चाँडै हराउने बताउँछिन् । ‘बिहे नगरी नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेर दिदी–बहिनी, आमा लगायतको भूमिकामा देखिए स्वस्तिमा, साम्राज्ञी, वर्षा वा जसिताको पर्दाको आयु १० देखि १५ वर्ष हुनसक्छ । नत्र हराउँछन्’ उनले ठोकुवै गरिन् ।