स्वास्थ्य स्वयमसेविकालाई साइकल स्वास्थ्य स्वयमसेविकालाई साइकल
झापा बजार– १६ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा झापा गाउँपालिकाले ३१ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकल दिएको छ । गाउँघरमा सेवा गरिरहेका... स्वास्थ्य स्वयमसेविकालाई साइकल

झापा बजार– १६ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा झापा गाउँपालिकाले ३१ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकल दिएको छ । गाउँघरमा सेवा गरिरहेका महिला स्वयम्मसेविकालाई सेवामा सहयोग पुगोस भनेर साइकल वितरण गरिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।
साइकल पाएपछि महिला स्वास्थ्य स्वयम्सेविका पनि दङ्ग परेका छन् । थोरै सेवा सुविधामा काम गर्नुपर्ने बाध्यताका बीच गाउँपालिकाले साइकल दिएर सहयोग गरेको उनीहरु बताउँछन् ।

महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकल दिँदै गाउँपालिका अध्यक्ष साहले उनीहरुको सेवासुविधा बढाउन सरकारले ध्यान दिनुपर्ने बताए । साहले अर्को बर्षबाट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई दिँदै आएको रकम बढाएर दोब्बर बनाउने घोषणा गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन निरौला, वडाध्यक्ष हरिबहादुर बानियाँ, नेकपाका गाउँपालिका अध्यक्ष रुद्र बजगाई, शिक्षासेवी टीका जम्मरकट्टेल, झापा गाउँपालिका स्वास्थ्य संयोजक प्रेम न्यौपाने लगायतले महिला स्वास्थ्य स्वयम्सेविकाले समाजमा पु¥याएको योगदानको चर्चा गरे ।