नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० देशका पर्यटन मन्त्रीलाई निम्तो नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० देशका पर्यटन मन्त्रीलाई निम्तो
सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आगामी जनवरी... नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० देशका पर्यटन मन्त्रीलाई निम्तो

सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आगामी जनवरी १ का दिन काठमाडौंमा ५० औं हजार जनसमुदायबीच भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गरेका हुन्। भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै प्रदेशमा पनि भ्रमण वर्षको शुभारम्भमा कार्यक्रम आयोजना गर्ने गरी तयारी भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका अनुसार नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन। सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पनि सबैलाई आह्वान गर्दै आएको छ।