अर्जुनधारा नगरपालिकाद्धरा कृषकलाई औषधी वितरण अर्जुनधारा नगरपालिकाद्धरा कृषकलाई औषधी वितरण
अर्जुनधारा :  अर्जुनधारा नगरपालिकाले वडा नम्बर–२ स्थित वेलेटारमा पशुपकेट कार्यक्रम अन्र्तगत कृषकलाई औषधी वितरण गरेको छ । अर्जुनधारा नगरपालिका पशुपंक्षि मत्स्य तथा कछुवा विकास... अर्जुनधारा नगरपालिकाद्धरा कृषकलाई औषधी वितरण

अर्जुनधारा :  अर्जुनधारा नगरपालिकाले वडा नम्बर–२ स्थित वेलेटारमा पशुपकेट कार्यक्रम अन्र्तगत कृषकलाई औषधी वितरण गरेको छ ।
अर्जुनधारा नगरपालिका पशुपंक्षि मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा बुधवार पशुपालन गर्ने कृषकलाई थुनेलो, जुगा तथा नाम्ले रोगको औषधि वितरण गरेको हो ।

खुदुनावारी कृषक समुहका अध्यक्ष मदनकुमार उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममको प्रमुख अतिथि अर्जुनधारा नगर प्रमुख हरिकुमार राना रहेका थिए । प्रमुख अतिथि रानाले किसानलाई अरुको भर नपर्न आग्रह गर्दै आफै सक्षम हुनु पर्नेमा जोड दिए । ‘मागी खाने होइन’ प्रमुख रानाले भने ‘गरी खाउँ भन्ने उदेश्यले किसान अघि वढ्नपर्छ ।’ कार्यक्रममा विशिष्ठ अतिथि नगर उपप्रमुख कमला आचार्य खतिवडा रहेकी थिइन् ।

कार्यक्रममा नगरका २ नं. का अध्यक्ष रघुनाथ खनाल, नगरपालिकाका वरिष्ठ कार्यक्रम तथा योजना अधिकृत हेमराज सेढाईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पशुपंक्षि मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले गरेका थिए ।