चिनियाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा अवसरमा आइतवार भएको सहमतिपछि नेपाली सुन्तलाले चिनियाँ...

चिनियाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा अवसरमा आइतवार भएको सहमतिपछि नेपाली सुन्तलाले चिनियाँ बजारमा प्रवेश पाउने बाटो खुलेको हो । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती लगायतका फलफूलको चिनियाँ निकासी केही वर्षदेखि रोकिएको थियो ।

आइतबार चिनियाँ राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनियाँ राजदूत र कृषि सचिव डां युवकध्वज जिसीले समझदारी पत्र साटासाट गरेका छन् । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुबेदीका अनुसार आइतबार भएको समझदारीले साबिककै चिनियाँ मापदण्डमा नेपाली फलफूलले चिनियाँ बजारमा प्रवेश पाउने भएको हो ।