दुवईको जेलमा दुई सय नेपाली दुवईको जेलमा दुई सय नेपाली
संयुक्त अरब इमिरेट्स यूएईमा २ सय जना नेपालीले कारागार जीवन बिताइरहेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । राजदूताबासले जारी गरेको विज्ञप्तिमा यूएईका विभिन्न ८... दुवईको जेलमा दुई सय नेपाली

संयुक्त अरब इमिरेट्स यूएईमा २ सय जना नेपालीले कारागार जीवन बिताइरहेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । राजदूताबासले जारी गरेको विज्ञप्तिमा यूएईका विभिन्न ८ जेलमा १ सय ८८ जना पुरुष र १२ जना महिला रहेको उल्लेख छ ।

जेल परेका नेपालीहरु मद्यपान, लागूऔषध सेवन एवं ओसारपसार, झैझगडा चोरी, हत्या किर्ते कागजात बनाउने लगायतका अपराधमा आरोपित पाइएको दूताबासले  जनाएको छ । दूताबासले जारी गरेको विज्ञप्ति अनुसार सारजाह सेन्टल जेलमा १० जना, दुवई सेन्टल जेलमा ६८, अजमा सेन्टल जेलमा ४ जना, रस अल खैइमा सेन्टल जेलमा ४ जना, फुजेरा सेन्टल जेलमा एक जना, र अल अइन जेलमा १४ जना नेपाली रहेका छन् । सबैभन्दा बढी अल अथ्वा सेन्टल जेलमा ९८ जना नेपाली रहेको दूताबासले जनाएको छ ।