सहायक सिडिओसहित आठ जनाविरुद्ध मुद्धा सहायक सिडिओसहित आठ जनाविरुद्ध मुद्धा
पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङका देवेन्द्र शिवाको नाममा जारी भएको कीर्ते नागरिकता प्रकरणमा प्रहरीले आठ जनालाई विपक्षी बनाई जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ... सहायक सिडिओसहित आठ जनाविरुद्ध मुद्धा

पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङका देवेन्द्र शिवाको नाममा जारी भएको कीर्ते नागरिकता प्रकरणमा प्रहरीले आठ जनालाई विपक्षी बनाई जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीले विपक्षी बनाएका प्रतिवादीहरुमध्ये पाँच जना सरकारी कर्मचारी रहेका छन् ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी केशव रिजाल, नागरिकता फाँटका कर्मचारी प्रकाश अधिकारी र राजकुमार न्यौपाने, तत्कालीन इम्बुङ गाविसका सचिव सुरेश सुवेदी र प्रकाश ताम्ली रहेका छन् ।

त्यस्तै कीर्ते नागरिकता बनाउने देवेन्द्र शिवा र गौरव नेम्बाङ नामको किर्ते नागरिकतामा बाबु बनेर सनाखत गर्ने दुर्गाभक्त नेम्बाङलाई प्रहरीले प्रतिवादी बनाएको हो । शिवाले अन्तिमपल्ट २०७२ सालमा जात र थर नै फरक पर्ने गरी ‘गौरव नेम्बाङ’ नाममा नागरिकता लिएको खुलेको छ ।

सोही प्रकरणमा नागरिकता ऐन अन्तर्गत हदैसम्मको कारबाहीको माग गरेर मुद्दा दर्ता गराएको पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताएको समाचार राजधानी दैनिकमा छ ।