अगुवा किसानले पाए कृषि औजार अगुवा किसानले पाए कृषि औजार
झापाको कमल गाउँपालिकाले शुक्रवार अगुवा किसानलाई कृषि औजार बाँडेको छ । कृषिमा आधुनिकीकरण गर्दै व्यवसायिकतातर्फ उन्मुख गराउने उद्देश्यले कृषि औजार बाँडिएको गाउँपालिकाले जनाएको छ।... अगुवा किसानले पाए कृषि औजार

झापाको कमल गाउँपालिकाले शुक्रवार अगुवा किसानलाई कृषि औजार बाँडेको छ । कृषिमा आधुनिकीकरण गर्दै व्यवसायिकतातर्फ उन्मुख गराउने उद्देश्यले कृषि औजार बाँडिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा व्यावसायिक खेती गर्दै आएका किसानलाई अनुदानको माध्यमबाट थप उत्साहित बनाउन कृषि औजार दिइएको गाउँपालिकाका अध्यक्ष मेनुका कफ्लेले बताइन् ।

गाउँपालिकाले व्यावसायिक खेतीमा अग्रसर किसानलाई शतप्रतिशत अनुदानमा ५० थान साना सिंचाई विद्युतीय मोटर, ५० प्रतिशत अनुदानमा १० थान पावर टिलर मेसिन, ५० प्रतिशत अनुदानमा मकै रोप्ने मेसिन र ५० प्रतिशत अनुदानमा १० थान मकै छोडाउने मेसिन दिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले गाईपालनका २२, कुखुरापालनका ४३, बंगुरपालनतर्फ २३ र बाख्रापालनतर्फ चार जनालाई पनि अनुदान प्रदान गरिएको जानकारी दिए ।