भुटानी शरणार्थी शिविरमा खाद्य सङ्कट, भोकभोकै छन् शरणार्थी भुटानी शरणार्थी शिविरमा खाद्य सङ्कट, भोकभोकै छन् शरणार्थी
विर्तामोड : संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले दिँदै आएको खाद्य सहायता अव सधैँका लागि रोक्ने घोषणा गरेपछि पूर्वी नेपालका शिविरमा बस्दै आएका भुटानी शरणार्थी... भुटानी शरणार्थी शिविरमा खाद्य सङ्कट, भोकभोकै छन् शरणार्थी

विर्तामोड : संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले दिँदै आएको खाद्य सहायता अव सधैँका लागि रोक्ने घोषणा गरेपछि पूर्वी नेपालका शिविरमा बस्दै आएका भुटानी शरणार्थी अन्योलमा परेका छन् । खाद्य सहायता रोकिने भएपछि भुटानी शरणार्थी शिविरमा खाद्य सङ्कटको जोखिम बढेको छ ।

काठमाडौंस्थित विश्व खाद्य कार्यक्रमको कार्यालयले कात्तिक अन्तिमसाता विज्ञप्ति प्रकाशित गर्दै सन् २०१८ को अन्त्यसँगै भुटानी शरणार्थीलाई दिँदै आएको खाद्य सहायता सधैँका लागि बन्द गर्ने बताएको थियो । २५ वर्षदेखि भुटानी शरणार्थीका लागि दिँदै आएको सहायता बन्द गर्ने विश्व खाद्य कार्यक्रमको घोषणाले झापा र मोरङका शिविरमा शरणागत भुटानी अन्योलमा परेका छन् ।

खाद्य सहायता बन्द हुँदा शिविरमा गम्भीर मानवीय विपत्ति निम्तिने शरणार्थी अगुवा चिरञ्जीवि राईले बताए । ‘काम गर्न सक्नेलाई पनि के गर्ने भन्ने समस्या छ । काम गर्न नसक्नेहरु झन् समस्यामा छन्’, राईले भने, ‘अव शिविरमा गम्भीर मानवीय सङ्कट निम्तिने निश्चित छ ।’

अर्का शरणार्थी अगुवा रिञ्जीन दोर्जेले शरणार्थीलाई मार्ने नियतका साथ विश्व खाद्य कार्यक्रमले खाद्यान्न सहायता रोक्न खोजेको आरोप लगाए । ‘खाद्यान्न रोकिएपछि के खाएर बाँच्ने ? कम्तीमा एक छाक भए पनि खान पाइयो भने जीवन बचाउन सकिन्छ’, उनले भने ।

सन् १९९० को दशकमा भुटानमा भएको सरकारी दमनका कारण खेदिएर नेपालमा शरणागत जीवन बिताइरहेका मध्ये १ लाख १३ हजार भन्दाबढी भुटानी शरणार्थी तेस्रोमुलुक पुनर्वासमा गइसकेका छन् । पुनर्वासमा जाने शरणार्थीको संख्या सकिएपछि विश्व खाद्य कार्यक्रमले खाद्य सहायता सधैँका लागि बन्द गर्ने घोषणा गरेको हो । शरणार्थी सम्वन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोगका अनुसार हाल झापा र मोरङका शिविरमा ६ हजार ५ सय भुटानी शरणार्थी बस्दै आएका छन् । तीमध्ये महिला, बालबालिका, असहाय र रोगी वृद्ध वृद्धाको संख्या उल्लेख्य छ । उ

शरणार्थीका लागि बैकल्पिक व्यवस्था हुनुपूर्व सहायता रोक्ने विश्व खाद्य कार्यक्रमको घोषणा अप्रिय भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगका सदस्य सुदीप पाठकले शिविरमा एकजना शरणार्थी रहँदासम्म सहायता रोकिनु नहुने बताए । ‘खाद्य सहायता मानवीय संवेदनासँग जोडिएको विषय हो’, सदस्य पाठकले भने, ‘यसकारण विश्व खाद्य कार्यक्रमले आफ्नो निर्णयमा पुनर्विचार गर्नुपर्छ ।’

भुटानी शरणार्थीको तेस्रोमुलुक पुनर्वास प्रक्रिया टुङगिरहँदा विश्व खाद्य कार्यक्रमले शरणार्थीलाई दिँदै आएको खाद्यान्न सहायता यसअघि क्रमश कटौती गर्दै लगेको थियो । शिविरका छाप्राको कष्टकर बसाईका बीच दातृ निकायले खाद्यान्न सहयोग कटौती गरेपछि पछिल्लो एक वर्षयता भुटानी शरणार्थी एक छाक खाएर बस्दै आएका छन् ।