धनकुटा नगरपालिका एबोकार्डोको राजधानी धनकुटा नगरपालिका एबोकार्डोको राजधानी
धनकुटा नगरपालिकालाई एबोकार्डोको राजधानी घोषणा गरिएको छ । एबोकार्डो महोत्सवका अवसरामा शनिबार यस्तो घोषणा गरिएको हो । कार्यक्रममा एबोकार्डोको स्तम्भ उद्घाटन गरिएको थियो ।... धनकुटा नगरपालिका एबोकार्डोको राजधानी

धनकुटा नगरपालिकालाई एबोकार्डोको राजधानी घोषणा गरिएको छ । एबोकार्डो महोत्सवका अवसरामा शनिबार यस्तो घोषणा गरिएको हो । कार्यक्रममा एबोकार्डोको स्तम्भ उद्घाटन गरिएको थियो । नगरपालिकाको करिब ३० लाख रूपैयाँको लगानीमा धनकुटा नगरपालिका–६ परिचयमोडमा स्तम्भ निर्माण गरिएको छ । एबोकार्डो स्तम्भको संघीय संसदका सदस्य राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभयो ।

सांसद राईले धनकुटा नगरलाई एबोकार्डोको राजधानी घोषणा गर्नुभएको हो । एक दिने एबोकार्डो महोत्सवमा ५० वटा स्टलमा ६० जातका एबोकार्डो प्रदर्शनी गरिएको धनकुटा नगरपालिका प्रमुख एवम् महोत्सव मुल आयोजक समितिका संयोजक चिन्तन तामाङले बताए । एबोकार्डो कृषकहरुलाई प्रोत्साहन गर्दै लैजाने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा ६ जना कृषकहरुलाई पुरस्कृत गरिएको छ । महोत्सव करिब दुर्इ हजारले अवलोकन गरेको धनकुटा नगरपालिकाले जनाएको छ ।

तस्वीरः उज्यालो अनलाइन