सातवटै प्रदेश कमिटीमा १४ सय सदस्य सातवटै प्रदेश कमिटीमा १४ सय सदस्य
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ मापदण्डका आधारमा सातवटै प्रदेश कमिटीलाई पूर्णता दिने गृहकार्य अघि बढाएको छ । केन्द्रीय सचिवालयबाट गठित दुईसदस्यीय कार्यदलले प्रदेश कमिटीलाई पूर्णता... सातवटै प्रदेश कमिटीमा १४ सय सदस्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ मापदण्डका आधारमा सातवटै प्रदेश कमिटीलाई पूर्णता दिने गृहकार्य अघि बढाएको छ । केन्द्रीय सचिवालयबाट गठित दुईसदस्यीय कार्यदलले प्रदेश कमिटीलाई पूर्णता दिने गरी तयारीको थालेको हो ।

सचिवालयको ८ कात्तिकको बैठकले तत्कालीन एमाले र माओवादीको साबिकको प्रदेश कमिटीमा रहेका र बाँकी स्थानमा सिफारिस भएर आएकामध्ये वरिष्ठतालाई आधार मानेर प्रदेश कमिटीको एकीकरण गर्ने मापदण्ड बनाएको थियो । त्यही मापदण्डका आधारमा कार्यदलमा रहेका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलले गृहकार्य अघि बढाएका हुन् ।

सचिवालयले बनाएको पछिल्लो मापदण्डअनुसार सबै प्रदेशमा १४ सय ३ प्रदेश सदस्य सिफारिस हुनेछन् । प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै सचिवालयले तोकिसकेको छ । नेकपाको विधानले सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य पनि प्रदेश कमिटीका पदेन सदस्य हुने व्यवस्था गरेको छ ।

नयाँ पत्रिकाबाट