१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बिर्तामोडमा भाटभटेनी सुपर मार्केट सञ्चालनमा



झापा-झापाको प्रमुख व्यापारिक सहर बिर्तामोडमा भाटभटेनी सुपर मार्केट सञ्चालनमा आएको छ । २६ औँ शाखाका रुपमा भाटभटेनीले बिर्तामोडमा बिहीवारदेखि व्यवसायिक कारोवार प्रारम्भ गरेको हो ।

सुन्दर र आकर्षक भव्य संरचनामा निर्माण भएको व्यवसायिक भवन सात तलाको छ । त्यहाँ एकलाख २५ हजार प्रकारका सामग्री राखिएका छन् । एउटै छानामुनि सयौँ सामग्रीको उपलब्धताले भाटभटेनीको आक्रामक व्यवसायिक रणनीतिलाई थप बलियो बनाएको छ ।

बिर्तामोडको भगवान चोकमा खुलेको भाटभटेनी सुपर मार्केटको प्रमुख लगानीकर्ता मीनबहादुर गुरुङले औपचारिक उद्घाटन गरेका छन् । सीमावर्ती भारतीय बजार समेत प्रभावित हुने गरी भाटभटेनीले उपभोक्तालाई सामग्री खरिदमा १० देखि २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

झापाको व्यवसायिक क्षेत्रमा एउटा नयाँ आयाम थपिने गरी भाटभटेनी सुपरमार्केट आएको सञ्चालक गुरुङले बताए । ‘उपभोक्ताको सबै आवश्यकता पूरा गर्ने गरी हामीले व्यवसायिक कारोवार थालेका छौँ’, सञ्चालक गुरुङले भने ।

भाटभटेनीमा सयौँले रोजगारी पाएका छन् । भित्रीबाहिरी आकर्षक सजावटले उपभोक्ताको ध्यान खिच्ने गरी बनाइएको सुपर मार्केटमा दुई अर्व रुपैयाँको लगानी रहेको व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार ००:००  ९ : ०० बजे