१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण



इलाम-इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा परीक्षणसहितको अनुसन्धान केन्द्र बनाइएको हो ।

विदेशी चिया पारखीलाई लक्षित गरी बनाइएको अनुसन्धान केन्द्र रु १३ करोड ६५ लाखको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इञ्जिनियर आशिष सुवेदीले बताए ।

आर्थिक वर्ष २०७६–७७ मा सुरु भएको अनुसन्धान केन्द्र दुई चरणमा गरेर सम्पन्न भएको हो । अनुसन्धान गर्न आउनेका लागि चियासम्बन्धी सबै जानकारी उक्त अनुसन्धान केन्द्रमा राखिनेछ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  १० : ०७ बजे