८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सरकारलाई विप्लवको चेतावनी : समाजवादी मोर्चाबाट बाहिरिने तयारी



बिर्तामोड-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले समाजवादी मोर्चाबाट बाहिरिने तयारी गरेको छ । एमसीसी कार्यान्वयन गर्ने विषयमा सत्तारुढ दलसँग विवाद भएपछि माओवादीले समाजवादी मोर्चा छोड्ने मनस्थिति बनाएको छ ।

यसअघि सत्तारुढ दलले विप्लवसहितलाई समेटेर तामझामका साथ समाजवादी मोर्चा बनाएको थियो । तर, मोर्चा लगभग विघटनको अवस्थामा पुगिसकेको छ ।

एमसीसीका कारण समाजवादी मोर्चाभित्र खटपट भएपछि ‘विप्लव’ नेतृत्वको नेकपाले शुक्रवार स्थायी कमिटीको बैठक बोलाएको छ ।

अरु समसामयिक विषयमा छलफल भए पनि बैठक एमसीसीसँगै चार दलीय समाजवादी मोर्चाको भूमिकामै केन्द्रित हुनेछ ।

मार्चाका अरु तीन दल एमसीसीको मामलामा स्पष्ट छन् । नेकपाले भने पहिलेदेखि नै एमसीसीको विरोध गरिरहेको छ ।

बुधबारदेखि एमसीसी सम्झौता लागू भएको छ । सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा मोर्चामा सन्तुष्ट छैन् ।

विप्लवले प्रधानमन्त्री प्रचण्डलाई सहकार्य तोड्ने चेतावनीसमेत दिइसकेका छन् । विप्लवको चेतावनीपछि हिजो धनगढीमा हुने भनिएको सभा स्थगित भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ००:००  १ : २० बजे