१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुन तस्करी प्रकरण : दावाको नागरिकता छानबिन गर्न समिति



झापा- ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङको नागरिकता छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

गृहले उनको नागरिकता छानबिन गर्न उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा समिति गठन गरेको हो ।

६० केजी सुन अनुसन्धानका क्रममा पक्राउ परेका उनको साथबाट नेपाली नागरिकता फेला परेका थियो । उनले उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २० पुस ०७४ मा निकालेका थिए ।

उनको ठमेलमा भियाना नामको होटेल छ । उनलाई राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले सोही होटेलबाट पक्राउ गरेको थियो । उनले नेपाली नागरिकसँग विवाह गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ००:००  ७ : ११ बजे