१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बिर्तामोडका एक युवकको माछा मार्दा मार्दै पैनीमा डुवेर मृत्यु



बिर्तामोड-माछा मार्न पैनीमा पसेका बिर्तामोडका एक युवकको मृत्यु भएको छ । घर नजिकैको पैनीमा डुवेर बिर्तामोड–१० का २६ वर्षीय दिनेश हस्दाको मृत्यु भएको हो ।

माछा मार्ने क्रममा उनी पानीमा डुवेका थिए । उनलाई उद्धार गरी उपचारार्थ बिर्तामोडको बीएण्डसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार ००:००  ९ : ३३ बजे